default_image

अन्तर्राष्ट्रिय

July 14, 2025

सिन्नरले पहिलो पटक जिते विम्बल्डन उपाधि

एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]

July 13, 2025

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल विरूद्ध बंगलादेशले २-० को अग्रता बनाएको छ। बंगलादेशमा जारी च्याम्पियनसिपको १३औं मिनेटमा घरेलु टोलीले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्। त्यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औं मिनेटमा अनिषा राईको फ्रि किक […]

July 13, 2025

स्वियातेकलाई पहिलो पटक विम्बल्डन उपाधि

एजेन्सी – पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन उपाधि जितेकी छिन्। स्वियातेकले शनिवार अमान्दा एनिसिमोवामाथि ६–०, ६–० को क्रूरतापूर्ण जित निकाल्दै पहिलो पटक विम्बल्डन उपाधि हात पारेकी हुन्। फाइनल मात्र ५७ मिनेटमा टुंगिएको थियो। यो अमेरिकी खेलाडी एनिसिमोवाका लागि कठोर अनुभव थियो । तर स्वियातेकसँग यस्तै पराजय भोग्नुपर्ने उनी मात्र एक्ली होइनन्। सन् २०२१ मा पनि स्वियातेकले […]

July 12, 2025

हेल्प नेपाल काभा क्लब च्याम्पियन्स खेल्न माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई आज बिदाइ गरिएको छ। च्याम्पियनसिपमा साउन १ देखि ७ गतेसम्म हुनेछ। नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो‌ लगातार दोस्रो सहभागिता हो। यसपटक प्रतियोगितामा नेपाल, […]

July 12, 2025

स्पेन शत प्रतिशत जितसहित क्वाटरफाइनलमा

एजेन्सी – स्पेन शत प्रतिशत जितका साथ युइएफए महिला युरो २०२५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। एस्टर गोन्जालेजले जारी युरोपमा आफ्नो चौथो गोल गरेपछि स्पेनले इटालीलाई ३- १ ले पराजित गरेको हो ।हार व्यहोरे पनि इटाली समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । शुक्रवारको अर्को खेलमा बेल्जियमसँग पराजित भएका पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको […]

July 12, 2025

नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते छनोट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । शनिवार जारी खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ […]

July 11, 2025

नेपालको जितमा पूर्णिमाको ४ गोल

काठमाडौं (हाम्रो खेलकुद)-   नेपालले जितबाट साफ महिला यु २० च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।बंगलादेशमा सुरु भएको च्याम्पियनसिप आफ्नो पहिलो खेलमा भुटान ६-१ ले हराएको हो । नेपालकी पूर्णिमा राईको ४ र सेनु परियारको २ गोल गरिन्। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै ३-० अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले ३ […]

July 11, 2025

साफ यु २० – नेपाल र भुटान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानसँग खेल्दै महिला साफ यु २० च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ। बंगलादेशमा आज सुरु हुने च्याम्पियनसिपको पहिलो खेल घरेलु टोली र श्रीलंकाबिच हुनेछ। त्यो खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक […]

July 10, 2025

एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु-१६ इस्टन जोन कपको विजेता नेपाली टोली दुई खेलाडी शुभम खनाल र रौनक श्रीवास्तव तथा सहायक प्रशिक्षक पुरणसिंह खत्री लाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रदेश राजधानी देउखुरीमा बिहिवार कार्यक्रमको आयोजना गरि प्रति खेलाडी १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो […]

July 10, 2025

पिएसजी क्लब विश्व कपको फाइनलमा, रियल पराजित

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ।रियल मड्रिडलाई बुधवार ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो। पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे। खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो। पिएसजीले […]

Success

Thank you for your time.