default_image

अन्तर्राष्ट्रिय

July 9, 2025

राष्ट्रपति ट्रम्प क्लब विश्वकपको फाइनलमा उपस्थिति हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नाे कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने समाचार बाहिरिएको हो। संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको […]

July 9, 2025

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तेस्रो थाउलो वल्ड कपका कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहिरत सम्मान गरिएको छ। जापानमा गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म […]

July 9, 2025

एन्फाले प्रशिक्षक डे वाइल्डका बारेमा बोल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि त्यसमा आधारिक धारणा प्रस्तुत गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमा गर्ने भएको छ। पत्रकार सम्मेलनमा महिला टोलीसँग सम्बन्धित प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने व्यक्ति रहने एन्फाले जनाएको छ। पत्रकार सम्मेलनमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे […]

July 9, 2025

मेन्डिसको शतकमा श्रीलंकालाई सिरिज

एजेन्सी – कुशल मेन्डिसको शतक सहयोगमा श्रीलंकाले पाहुना टोली बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो तथा निर्णायक ओडिआईमा ९९ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो ओडिआई श्रीलंकाले ७७ रनले र दोस्रो बंगलादेशले १६ रनले जितेको थियो । २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १ सय […]

July 8, 2025

एसिसी यु १६ का सर्वोत्कृष्ट रौनकलाई स्वागतसहित सम्मान

सुमन अधिकारी, बुटवल मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ । रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो । र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, […]

July 8, 2025

‘दिग्गज’ लाराकै नाममा टेस्ट कीर्तिमान रहनु उचित – मुल्डर

एजेन्सी –  दक्षिण अफ्रिकाका वियान मुल्डरले ब्रायन लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड कायम राख्नु उययुक्त भएको बताएका  छन्। पहिलो पटक दक्षिण अफ्रिकाको कप्तानी सम्हालिरहेका मुल्डरले जिम्बाब्वेविरुद्ध बुलावायोमा जारी दोस्रो टेस्टको दोस्रो दिनको खानाअघि ३ सय ६७ रनमा नटआउट रहँदा इनिङ समाप्तिको घोषणा गरे । वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको सन् […]

July 8, 2025

मोड्रिच एसी‌ मिलान जाने

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलान जाने भएका छन् । अमेरिकामा जारी क्लब विश्व कपपछि मोड्रिच आफ्नो क्लबमा आबद्ध हुने एसी मिलानका प्रशिक्षक मासिमिलियानो अल्लेग्रीले बताएका छन् । क्रोएसियाका कप्तान ३९ वर्षीय मोड्रिचले मेमा क्लब विश्व कप छाड्ने घोषणा गरेका थिए । उनले स्पेनिस क्लब रियलमा १३ वर्ष बिताएका छन् […]

July 7, 2025

एसिसी यु-१६ विजेता टोलीका सदस्य अभय सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमवार सम्मान गरेको छ। काठमाडौं बुढानिलकण्ठस्थित चुनिखेलमा रहेको ‘काठमाडौँ क्रिकेट एकेडेमी’ परिसरमा आयोजित कार्यक्रममा अभयलाई सम्मान गरिएको हो। एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्कीको प्रमुख उपस्थितिमा अभयको उपलब्धिको कदर गर्दै प्रशंसा गरिएको थियो। मधेश प्रदेश […]

July 7, 2025

भारतले टेस्ट सिरिजमा बराबरी गर्यो

एजेन्सी – भारतले इङ्ग्ल्यान्डसँगको ५ टेस्टको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा आइतवार पाहुना टोलीले ३ सय ३६ जित निकाल्दै सिरिजलाई बराबरी पुर्याएको हो । पाँचौ तथा अन्तिम दिन जेमी स्मिथले साहसिक प्रतिकार गरे पनि भारतका बलरले इङ्ग्ल्यान्डलाई दोस्रो इनिङमा २ सय ७१ रनमा अल आउट गरेका थिए। घरेलु टोली इङ्ल्यान्डले ६ सय […]

July 6, 2025

च्याम्पियन युवा क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्किएको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, संघका सदस्य दिवाकर घले, सुदीप शर्मा, क्रिकेट म्यानेजर विनोद दास र यु-१९ टिमका प्रशिक्षक शक्ति गौचनले स्वागत गरे। सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। […]

Success

Thank you for your time.