default_image

अन्तर्राष्ट्रिय

February 6, 2021

रुटको दोहोरो शतकसँगै इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – कप्तान जो रुटको कीर्तिमानी दोहोरो शतकसँगै इंग्ल्यान्डले घरेलु टोली भारतविरुद्ध पहिलो टेष्ट खेलमा पहिलो इनिङमा विशाल योगफल बनाएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो दिनको समाप्तिमा १ सय ८० ओभरमा ५५५–८ को बलियो अवस्थामा छ । स्पिनर डोमिनिक बेस २८ र ज्याक लेच ६ रनमा क्रिजमा छन् । कप्तान […]

February 6, 2021

दोहोरो शतकसँगै रुटको अर्को नयाँ इतिहास

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गर्दै टेष्ट क्रिकेट इतिहासमा नयाँ कीर्तिमान राखेका छन् । रुटले पहिलो टेष्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा गर्दै टोलीलाई विशाल योगफलको बाटो देखाएका छन् । रुटले स्पिनर रविचन्द्रन आश्विनलाई १४२.३ ओभरमा लङअनमा छक्का प्रहार गर्दै करिअरको पाँचौं दोहोरो शतक पूरा […]

February 6, 2021

युभेन्टसलाई रोमाको चुनौती

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति युभेन्टस र रोमाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा हुने खेलमा युभेन्टस रोमालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । चौथो स्थानमा रहेको युभेन्टसको १९ खेलबाट ३९ अंक छ । एक खेल बढी खेलेको रोमाको […]

February 6, 2021

म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनको आतथ्यता गर्दैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा युनाइटेड एभर्टनलाई हराउदै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडको २२ खेलबाट ४४ अंक छ । एक खेल […]

February 6, 2021

उमेरसँगै अघि बढेका रोनाल्डो

एजेन्सी– युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले शुक्रबार ३६ औं जन्म दिन मनाएका छन् । उमेर बढ्दै गएपनि मैदानभित्र रोनाल्डोको प्रभाव रोकिने कुनै संकेत देखिँदैन । यसै वर्ष उनीई फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता पनि बने । उनले आफ्नो खेल जीवनमा ७ सय ६३ गोल गरिसकेका छन् । कोपा इटालियामा इन्टर मिलानविरुद्धको सेमिफाइनलमा २ गोल गरेपछि उनले पेले र जोसेफ बिकानलाई पछाडि छाडेका छन् । ‘उमेरले […]

February 6, 2021

मिलानलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति फियोरेन्टिनालाई २–० ले पराजित गर्दै इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । शीर्षस्थानमा उक्लिएको इन्टर मिलानको २१ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको ४६ अंक छ […]

February 6, 2021

शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको छ । शुक्रबार राति घरेलु टोली हर्था बर्लिनमाथिको जितमा पहिलो हाफमा किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । तर, २१औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई […]

February 5, 2021

वेस्टइन्डिजविरुद्ध बंगलादेशको विशाल अग्रता

एजेन्सी – बंगलादेशले वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा बंगलादेश २० ओभरमा ४७–३ को अवस्थामा छ । कप्तान मोमिनुल हक ३१ र मुश्फिकुर रहिम १० रनमा अविजित छन् । शादमान ईस्लाम ५, तमिम इकबाल र नज्मुल सान्टोले खाता […]

February 5, 2021

स्टार्कले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ पनि नखेल्ने भएका छन् । १८ फेब्रुअरीमा चेन्नईमा हुने अक्सनमा कुल १ हजार ९७ खेलाडी छन् । जसमा भारतीय ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी छन् । तर स्टार्कले भने आफ्नो नाम दिएका छैनन् । अष्ट्रेलियाबाट कुल ४२ […]

February 5, 2021

आइपिएल अक्सनमा नेपालका ८ खेलाडी

एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । जसमा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ […]

Success

Thank you for your time.