default_image

अन्तर्राष्ट्रिय

November 23, 2020

लिड्ससँग आर्सनलको बराबरी

एजेन्सी – १० खेलाडीमा समेटिएको आर्सनल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ । एलान रोड लिड्स वेस्ट योर्कसायरमा आइतबार राति भएको खेलमा पाहुना टोली आर्सनलले खेलको १०औं मिनेटमा आक्रमण बुनेको थियो । ड्यानिल सेवालोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १२औं मिनेटमा प्याट्रिक बामफोर्डको सिक्स यार्ड बक्सबाट गरेको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले […]

November 23, 2020

ज्लाटनको दुई गोलमा नेपोलीको हार

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि ३–१ को सहज जित हात पारेको छ । मिलानका लागि अर्काे एक गोल जेन्स पिटर हगले गर्दा नेपोलीका लागि ड्रिएस मेर्टिन्सले एक गोल फर्काए । नेपोलीमा आइतबार राति भएको खेलमा मिलानले खेलको २०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो […]

November 23, 2020

फिर्मिन्हो र जोटाको गोलमा लिभरपुलको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्हो र पोर्चुगिज फरवार्ड डिएगो जोटाको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । चोटका कारण मुख्य खेलाडीहरु टोलीमा नहुदा पनि लिभरपुलले घरेलु मैदानमा लेस्टरमाथि ३–० को सानदार जित हात पारेको हो । लिभरपुलले एक गोल उपहार पाएको थियो । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली […]

November 22, 2020

लुकाकु चम्कदा इन्टर मिलानको पूनरागमन जित

एजेन्सी – दुई गोलले पछि परेको स्थितिमा रोमेलु लुकाकुले दुई गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोमाथि ४–२ को पूनरागमन जित निकालेको छ । इन्टरको पूनरागमन जितमा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले पनि गोल थपे । टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो । मिलानोमा […]

November 22, 2020

एभर्टनको जितमा लेविनको दुई गोल

एजेन्सी – इंग्लिस फरवार्ड डोमिनिक काल्भर्ट लेविनको दुई गोल सहयोगमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई पराजित गरेको छ । एभर्टनले फुलहमलाई उसकै मैदानमा ३–२ को जित हात पारेको हो । यससँगै एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला तोडेको छ । एभर्टन यसअघि साउथह्याम्पटन, न्यु क्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसअघि […]

November 22, 2020

बार्सिलोनाका पिके ६ महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके कम्तीमा ६ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा पिकेले चोट बोकेका थिए । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको […]

November 22, 2020

लिभरपुललाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चोटसँग जुधिरहेको लिभरपुलले लयमा रहेको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा लिड्स युनाइटेडले आर्सनलसँग खेल्दैछ । लिभरपुल र लेस्टर सिटीबीचको खेल एनफिल्डमा राति १ बजे हुनेछ । चोटसँग जुधिरहेको लिभरपुल लेस्टर सिटीलाई हराउदै शीर्षस्थानको टोटेनहमसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुलको ८ […]

November 22, 2020

बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जारी सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सिजनको सुरुवातमा नियुक्त भएका प्रशिक्षक रोनाल्ड कोम्यान निकै दबाबमा रहेका छन् । शनिबार एटलेटिको म्याड्रिडको मैदानमा हार बेहोरेपछि बार्सिलोनाले सुरुवाती ८ खेलमा मात्र ११ अंक जोडेको छ । हालसम्म ३ खेलमा जित हासिल गरेको बार्सिलोनाले २ बराबरी गर्दा ३ […]

November 22, 2020

बायर्न बराबरीमा रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज एरिनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । उनले जोसुवा सार्गेन्टको पासलाई सदुपयोग गरेका थिए । त्यसअघि १६औं […]

November 22, 2020

म्यानचेस्टरले वेस्ट ब्रुमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । दोस्रो हाफमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको शुरुवातदेखि नै वेस्ट ब्रुमलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमा नै […]

Success

Thank you for your time.