default_image

अन्तर्राष्ट्रिय

November 25, 2020

हालान्ड चम्कँदा डर्टमुन्डको जित

एजेन्सी – युवा फरवार्ड एर्लीङ हालान्डले सानदार प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार क्लब ब्रुगलाई ३-० ले पराजित गर्यो । डर्टमुन्डको जितमा हालान्डले दुई तथा जेडन सान्चोले एक गोल गरे । च्याम्पियन्स लिगको १२ औं खेल खेलिरेहाका हालान्डले प्रतियोगितामा १५ गोल पनि पूरा गरे । च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्न सबैभन्दा […]

November 25, 2020

नेयमारको पेनाल्टीमा पीएसजीको जित

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टीमा गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ । खेलको ११ औं मिनेटमा नेयमारले पेनाल्टीमा गरेको गोल नै निर्णायक सावित भयो । पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । च्याम्पियन्स लिगको पछिल्लो ५ खेलमा गोल गर्न […]

November 25, 2020

इन्ज्युरी समयमा युभेन्टसको जित

एजेन्सी – खेलको अन्तिम समयमा गोलरक्षकले गल्ती गरेपछि युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको खेलमा फेरेन्कभारोसलाई २-१ ले पराजित गरेको छ । इटालियन च्याम्पियनलाई हंगेरीको च्याम्पियनले बराबरीमा रोक्ने देखिएपनि अन्तिम समयमा गोलरक्षक डेनेस डिबुस्जले गम्भीर गल्ति गर्दा युभेन्टस जित हासिल गर्न सफल भयो । जुआन क्वाडराडोको क्रसमा अल्भारो मोराटाको फितलो हेडर गोलरक्षक डिबुस्जको खुट्टामुनिबाट […]

November 25, 2020

सानदार जितसँगै बार्सिलोना नकआउट चरणमा

एजेन्सी – कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० को सानदार जित दर्ता गरेको छ । लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे । सर्जिनो डेस्टले अग्रता दिलाएको बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले अन्त्यतिर गोलअन्तर बढाएका थिए […]

November 24, 2020

सकीबको पूनरागमन

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनले बंगबन्धु टि२० कप मार्फत क्रिकेटमा पूनरागमन गरेका छन् । सकीबलाई गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्ष प्रतिबन्ध लगाएको थियो । सकीबले मंगलबार बंगलादेश क्रिकेट बोर्डले आयोजना गरेको बंगबन्धु टि२० कपमा मंगलबारबाट […]

November 24, 2020

मेस्सीबिनाको बार्सिलोना अपराजित रहने लक्ष्यमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको चौथो खेलमा डिनामो किएभको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १:४५ बजे सुरु हुनेछ । बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानले खेलको पूर्वसन्ध्यामा च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण कप्तान लिओनेल मेस्सीलाई विश्राम दिने निर्णय सार्वजनिक गरेका थिए । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई […]

November 24, 2020

रोजेको सिट नपाएपछि बसबाट निस्कँदा टिमबाटै निष्कासित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया डर्टमुन्डले बेल्जियमको क्लब ब्रुगको सामना गर्दैछ । उक्त खेलमा ब्रुगका फरवार्ड इम्यानुएल डेनिस भने नखेल्ने भएका छन् । ब्रुगले अनुशासन कारवाही गरेपछि नाइजेरियन फरवार्डलाई टिमबाट निष्कासित गरिएको प्रशिक्षक फिलिप क्लेमेन्टले बताएका छन् । कोरोना संक्रमणका कारण क्लबले बसमा केहि दुरी कायम गर्दै खेलाडीहरुलाई स्थान तोकेर […]

November 24, 2020

युभेन्टस फराकिलो जितको खोजीमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह जी अन्तर्गत युभेन्टसले घरेलु मैदानमा हंगेरीको फेरेन्कभारोससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १:४५ बजेपछि सुरु हुनेछ । युभेन्टसले च्याम्पियन्स लिगको पछिल्ला १० मध्य ८ खेल जितेको छ । यता प्रतिद्वन्द्वी फेरेन्कभारोसले भने पछिल्ला ५ खेलमा नै जित हासिल गर्न सकेको छैन । जारि सिजन भएको […]

November 24, 2020

सिटीले मेस्सी नकिन्ने

एजेन्सी – लिओनल मेस्सीले सिजनको सुरुवातमै बार्सिलोना छाड्न चाहेका थिए । जसले विश्वभर चर्चा भएको थियो । धेरैलाई लागेको थियो, बार्सिलोना छाडे भने मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलोको टोली म्यानचेस्टर सिटी जानेछन् । तर, क्लबसँग विवाद चर्काउन उपयुक्त नहुने भन्दै मेस्सीले अर्को एक सिजन क्याटलान क्लबमै बस्ने निर्णय गरे । अहिले पनि परिस्थिति फेरिएको छ […]

November 24, 2020

बेन्जेमा पनि च्याम्पियन्स लिगमा अनुपस्थित

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले इन्टरसँगको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । बेन्जेमाले सोमबार एक्लै अभ्यास गरेका थिए । ला लिगामा शनिबार रियलले भिल्लारियलसँग खेल्दा बेन्जेमा खेलेका थिएनन् । मांसपेशीमा समस्या परेका कारण उनी त्यो खेलमा थिएनन् । धेरै खेल भएका कारण शरीरमा बढी भार परेको अनुमान गरिएको छ । त्यसका बाबजुद […]

Success

Thank you for your time.