default_image

अन्तर्राष्ट्रिय

May 30, 2025

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ। थाइल्याण्डमा क्लोज डोरमा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने थाइल्याण्डले एक गोल गर्यो। सोही गोलमा नेपाल बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग १-० ले पराजित हुन पुग्यो। अब नेपालले सोमवार दोस्रो […]

May 29, 2025

आरसिबी आइपिएलको फाइनलमा

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।‌पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो। जितको लागि १ सय २ रनको लक्ष्य आरसिबीले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ […]

May 29, 2025

आरसिबीलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले मात्र १ सय २ रनको सहज लक्ष्य पाएको छ। पञ्जाब किंङ्स मात्र १ सय १ रनको कम योगफलमा समेटियो। न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसिबीले टस जित्यो। पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। […]

May 29, 2025

एएफसी यु-२३ मा नेपाल समूह ‘के’ मा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ एसियन कप छनौटको ‘ड्र’ आज सार्वजनिक गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र अनुसार ‘नेपालले समुह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको प्रतिस्पर्धा ताजिकिस्तानमा हुनेछ। छनोट सेप्टेम्बर १ देखि ९ सम्म (भदौ १६ देखि २४ गते ) हुनेछ। कुल ४४ राष्ट्रले छनोटमा […]

May 28, 2025

बार्सिलोनासँग यामालको नयाँ सम्झौता

एजेन्सी – युवा स्टार लामिन यामालले बार्सिलोनासँग आगामी ६ वर्षका नयाँ सम्झौता गरेका छन् । घरेलु फुटबलमा यो सिजन टोलीलाई तेहरो उपाधि दिलाउन मद्दत गरेका गरेका यामालसँग बार्सिलोनाले मंगलवार नयाँ सम्झौता गरेका हो। १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता २०२५–२६ सिजनको अन्त्यसम्म थियो।‌ नयाँ सम्झौताले उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । २०२३ मा […]

May 27, 2025

पञ्जाब आइपिएलको पहिलो क्वालिफायरमा

एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको छ।१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ […]

May 26, 2025

लाहोर पिएसएल च्याम्पियन

एजेन्सी – लाहोर क्वालेन्दरस् क्वेटा ग्लाडियर्सलाई हराउँदै १०औं पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ । लाहोरले आइतवार राति भएको फाइनलमा क्वेटालाई ६ विकेटले हरायो । २ सय २ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । लाहोरको जितमा कुशल परेराले अविजित अर्धशतकीय पारी खेले । […]

May 26, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्सकीको २ गोल

एजेन्सी – च्याम्पियन बार्सिलोनाले जितका‌ साथ ला‌ लिगा सिजनको अन्त्य गरेको छ। रोवर्ट लेवान्डोव्स्कीले २ गोल गरेपछि बार्सिलोनाले आइतवार एथ्लेटिक क्लबलाई ३-० ले हरायो । तेहेरो उपाधिका साथ बार्सिलोनाले‌ सिजनको उत्कृष्ट समापन गर्यो । दुई खेल बाँकी रहँदै आफ्नो २८औं लिग उपाधि निश्चित गरिसकेको बार्सिलोनाका लागि लेवान्डोव्स्कीले १४औं मिनेटमै पहिलो गोल गर्दै लिगमा आफ्नो १ […]

May 25, 2025

सिटी, चेल्सी र न्युक्यासल च्याम्पियन्स लिगमा

एजेन्सी – लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ। इंग्लिस प्रिमियर लिगको अन्तिम दिन आइतवारको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो। इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोलमा सिटीले फुलहमलाई २-० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको […]

May 25, 2025

रियलले जितका साथ ला लिगाको अन्त्य गर्यो

एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ‌। एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]

Success

Thank you for your time.