June 5, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) जितेपछि विजयोत्सव मनाउनुपर्ने क्रममा ११ जनाको मृत्यु भएको छ। बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम नजिकै बुधवार भागदौडमा ११ जनाको मृत्यु भएको थियो। अन्य धेरै मानिस घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएका छन्। […]
June 5, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई २-१ ले पराजित गरी नेशन्स लिगको फाइनलमा पुगेको छ । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो। पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि […]
June 3, 2025
एजेन्सी – पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो । १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर […]
June 3, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पञ्जाब किंग्सले टस जितेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँगको फाइनलमा पञ्जाबले टस जितेको हो । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् । लिग चरणमा पन्जाब पहिलो र आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर […]
June 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले साउदी प्रो-लिग क्लब अल-हिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका छन्। फर्नान्डेजले सो प्रस्तावलाई पछिल्लो केहि दिन गम्भीर रुपमा विचार गरिरहेको बताइएको थियो । जुन प्रस्तावले युनाइटेडमा उन पाउने तलबभन्दा दोब्बर बढी दिने प्रस्ताव गरेको थियो। युनाइटेडमा उनी बढी तलब पाउने खेलाडीमध्ये एक हुन्। तर, परिवारसँग छलफल गरेपछि, फर्नान्डेजले अल-हिलाललाई […]
June 2, 2025
एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) का खेलाडीले आइतवार दिउँसो पेरिसमा विजय उत्सव मनाए । तर त्यसको केही घण्टा अघि फ्रान्सभरि अशान्ति फैलिएको थियो । लिग वान टोली पिएसजीले शनिवार म्युनिखमा भएको फाइनलमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो च्याम्पियन्स लिग उपाधि जितेको थियो। लुइस एनरिकेको टोलीले चाम्प्स-एलिसिसदेखि आर्क दे […]
June 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पन्जाब किंग्सले टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा पन्जाबका कप्तान श्रेयस एय्यरले टस जितेर फिल्डिङ रोजेका छन् । अब मुम्बईले पहिला ब्याटिङ गर्नेछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग पराजित पन्जाबले इलिमिनेटरको विजेता मुम्बईको सामना गर्न लागेको हो । इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले दोस्रो […]
June 1, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। इन्टर मिलानलाई बुधवार ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे। हाकिमीले १२ औं […]
May 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- रिशोन थापाले काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर नविन्द्र राज जोशीको स्मृतिमा आयोजित दोश्रो फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौं महानगरपालिका वडा नं. २४ ले दुई दिन सञ्चालन गरेको १९ सय रेटिङ्ग मुनि बुद्धिचाल स्पर्धामा नेपालका रिशोनले फिलिपिन्स, भारत, अमेरिका र इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । १६ […]
May 31, 2025
एजेन्सी – युइएफए च्याम्पियनसिपको उपाधिका लागि आज पेरिस सेन्ट-जर्मेन (पिएसजी) र इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदैछ। फाइनल जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ। यो सिजनको फाइनलमा धेरैले यी दुई टोलीलाई अपेक्षा गरेका थिएनन्। तर उनिहरुले ठूला प्रतिद्धन्द्धीलाई माथ दिंदै फाइनलमा स्थान बनाएका हुन्। लुइस एनरिकको नेतृत्वमा युवा जोश भरपुर पिएसजीको फाइनलसम्मको यात्रा निकै […]