default_image

अन्तर्राष्ट्रिय

October 21, 2020

पोग्बाप्रति प्रशिक्षकको विश्वास

एजन्सी – पाउल पोग्बा म्यानचेस्टर युनाइटेडका महत्त्वपूर्ण खेलाडी मध्य एक हुन् । तर, उनले स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिड जाने चाहना रहेको समय समयमा सार्वजनिक गर्दै आएका छन् । हालैको अन्तर्राष्ट्रिय विश्रामका दौरान पोग्बाले रियल जानु अन्य खेलाडीको जस्तो सपना पूरा भएसरह हुने बताएका थिए । तर, युनाइटेडका ओले गुनार सोल्सायरले अझै केहि वर्ष […]

October 21, 2020

रियल म्याड्रिडलाई साख्तरको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको आतिथ्यता गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १०ः४० बजे हुनेछ । च्याम्पियन्स लिगको सर्वाघिक सफल रियल म्याड्रिड घरेलु मैदानमा साख्तरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, साख्तर विरुद्ध […]

October 21, 2020

कोलकाता र बेंगलोर भिड्दै

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । बेंगलोर कोलकातामाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहाँन्छ । कोलकाता बेंगलोरलाई हराउँदै छैटौं जितका साथ प्ले अफमा आफ्नो सम्भावना बलियो […]

October 21, 2020

च्याम्पियन्स लिगमा आज : सम्पूर्ण जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलको दोस्रो दिन आज (बुधबार) रातिदेखि विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार राति गतवर्षको विजेता बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनि क्लब एट्लेटिको म्याड्रिडको आतिथ्यता गर्दा च्याम्पियनस लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ । यस्तै इटालियन क्लब इन्टर मिलानले […]

October 21, 2020

बार्सिलोनामा ४ स्टारको सम्झौता नविकरण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको सम्झौता नविकरण गरेको छ । क्लबले क्लबका अनुभवी डिफेन्डर जेरार्ड पिके, गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन, डिफेन्डर क्लेमेन्ट लेङ्लेट र मिडफिल्डर फ्रान्की डि जोङको सम्झौता नविकरण गरेको हो । सम्झौता अनुसार […]

October 21, 2020

चेल्सी र सेभियाको बराबरी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । स्टामफोर्ड ब्रिजमा मंगलबार राित भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो । १८औं मिनेटमा सुसोको फ्रिकिकमा नेमान्जा गुइडल्जको हेडर कुर्ट जोउमालाई डिफ्लेक्ट […]

October 21, 2020

लाजियोसँग डर्टमुन्डको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘एफ’ को पहिलो चरणको खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लाजियोले डर्टमुन्डमाथि ३–१ को सहज जित हात पारेको हो । स्टेडियो ओलम्पिको रोमामा घरेलु टोलीको सहज जितमा सिरो इमोबिले र जिन ड्यानियल एक्पा एक्प्रोले गोल गर्दा एक […]

October 21, 2020

फर्नान्डेस र रासफोर्डको गोलमा पीएसजीको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गव वर्षको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसबै मैदानमा पराजित गरेको छ । युनाइटेडले पीएसजीमाथि उसकै मैदानमा २–१ को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल गरे । पीएसजीले उपहार गोल पाएको थियो । […]

October 21, 2020

बार्सिलोनाको सानदार जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सीमित बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ ले पराजित गरेको हो । बार्सिलोनाले समूह जी अन्तर्गत खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र अदनान कोभाचेभिचले मेस्सीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए जसमा […]

October 21, 2020

मोराटा चम्कँदा युभेन्ट्स विजयी

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटाको निर्णायक प्रदर्शनमा इटालियन च्याम्पियन युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । पाहुना टोली युभेन्ट्सले २-० को जित दर्ता गरको हो । समूह जी अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिन दोस्रो हाफसम्म कुर्नुपरेको थियो । गोलरहित पहिलो हाफपछि मोराटाले दोस्रो हाफको सुरुवाती समयमा नै […]

Success

Thank you for your time.