default_image

अन्तर्राष्ट्रिय

July 20, 2019

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ‌। बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण […]

July 19, 2019

बार्सिलोनामा ग्रिजमन – उत्तरभन्दा प्रश्न बढी

बार्सिलोनाले गत शुक्रबार एटलेटिको म्याड्रिडलाई एन्टोइन ग्रिजमनको १ सय २० मिलियन युरो रिलिज क्लज एकमुष्ठ तिर्दै फ्रान्सेली फरवार्डलाई नोउ क्याम्पमा भित्र्यायो । लामो समयदेखि बार्सिलोना र ग्रिजमनबीच सम्पर्क भएको र पछिल्लो सिजन चलिरहँदा नै दुई पक्षबीच सम्झौता भएको एटलेटिकोको दावी छ । एटलेटिकोले यसबारे निराशा व्यक्त गर्दै ट्रान्सफर पूरा हुनुभन्दा केहि दिन अघि विज्ञप्ति नै […]

July 19, 2019

‘इकार्डीले अब इन्टरबाट खेल्दैनन्’ – प्रशिक्षक कोन्टे

सुबास हुमागाईं, सिंगापुर इन्टर मिलानका कप्तान तथा फरवार्ड माउरो इकार्डीले अब इटालियन क्लबबाट फेरी नखेल्ने क्लबका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । यसै सिजन इन्टरको प्रशिक्षकमा नियुक्त भएका कोन्टेले उनको स्थानमा नयाँ खेलाडी ल्याउने प्रयास जारि रहेको बताए । इन्टरले प्रि-सिजनको मैत्रीपूर्ण प्रतियोगिताअन्तर्गत शनिबार सिंगापुरमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार […]

July 19, 2019

लाम्पार्डको चेल्सी जापानी क्लबसँग स्तब्ध

एजेन्सी – प्रि–सिजन अघिको मैत्रीपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी जापनिज क्लब कावासाकी फ्रन्टालेसँग स्तब्ध बनेको छ । जापानमा शुक्रबार भएको खेलमा फ्रान्क लाम्पार्डको चेल्सी कावासाकीसँग १–० ले स्तब्ध बनेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा ४ मिनेट बाँकी रहँदा कावासाकीका लियान्द्रो डामियोले गरेको गोल नै निर्णायक बन्यो । लाम्पार्डले क्लब सम्हालेको तेस्रो खेलमा पहिलो […]

July 19, 2019

किन रोजे डे लिग्टले युभेन्टस ?

एजेन्सी – युवा डिफेन्डर म्याथिस डे लिग्टले डच क्लब आयाक्सबाट इटालियन क्लब युभेन्ट्स पुगेपछि क्लबले देखाएको विश्वासका कारण निर्णय लिन सहज भएको बताएका छन् । गत सिजन आयाक्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि डी लिग्टलाई युरोपका शीर्ष क्लबले अनुबन्धन गर्न प्रतिस्पर्धा नै गरेका थिए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन लगायत शीर्ष क्लबलाई पछि पार्दै युभेन्टसले […]

July 19, 2019

डी भिलियर्सको विष्फोटक ब्याटिङ

एजेन्सी – दक्षिण अफ्रीकाका पूर्व खेलाडी एबी डी भिलियर्सको विष्फोटक ब्याटिङमा मिडलसेक्सले इंग्ल्यान्डको चर्चित क्रिकेट लिग टी ट्वान्टी ब्लास्ट अन्तर्गत साउथ ग्रुपको खेलमा एसेक्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बिहीबार राती लर्डसमा सम्पन्न खेलमा एसेक्सले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मिडलसेक्सले १७ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । सहज […]

July 19, 2019

‘एक कदम अगाडी बढ्ने लक्ष्य छ’ – फरवार्ड केन

सुबास हुमागाईं, सिंगापुर गत सिजन च्याम्पियन्स लिग फाइनलमा टोटेनहम हट्स्पर प्रिमियर लिगकै अर्को टोली लिभरपुलसँग पराजित हुँदै पहिलो उपाधिबाट बन्चित भयो । उक्त खेलमा चोटबाट पुनरागमन गरेका फरवार्ड ह्यारी केनले पहिलो रोजाइमा मौका पाए, जुन निर्णय निकै आलोचित भयो । केनले उक्त निर्णयबारे आलोचना हुनु स्वभाविक रहेको बताएका छन् । सिंगापुरमा शुक्रबार इन्टरनेशनल च्याम्पियन्स कपको […]

July 19, 2019

‘फाइनल नखेलेको भए हुन्थ्यो भन्ने भयो’ – टोटेनहम प्रशिक्षक पोचेटिनो

सुबास हुमागाईं, सिंगापुर गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टोटेनहम हट्सपर प्रिमियर लिगकै लिभरपुलसँग पराजित हुन पुग्यो । टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले उक्त खेल जितेमा क्लबको इतिहास मात्र नभएर फुटबल इतिहासमा नै उल्लेख्य सफलता हात लाग्ने र त्यसपछि क्लबमा बस्ने-नबस्ने सोच्नुपर्ने बताएका थिए । टोटेनहम फाइनलमा २-० ले पराजित भएपछि उनले यसबीचमा मिडिया फुटबलबारे केहि नहेरेको […]

July 19, 2019

नेयमार भित्र्याउन बार्सिलोनाको ९० मिलियन र ६ खेलाडीको विकल्प

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा पीएसजीका स्टार फरवार्ड नेयमारलाई अनुबन्ध गर्नको लागि आधिकारिक रुपमा प्रस्ताव अघि सारेको छ । पछिल्लोपटक बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र ६ खेलाडीमध्यबाट २ खेलाडी दिने तयारी गरेको हो । यसै सिजन महँगो मुल्यमा दुई खेलाडी एन्टोइन ग्रिजमन र फ्रान्की डि जोङलाई अनुबन्ध गरेको थियो । फाइनान्सियल फेयर […]

July 19, 2019

जिम्बावेमाथि आईसीसीको निलम्बन, क्यानका बिषयमा छलफल भएन

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो । सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने […]

Success

Thank you for your time.