default_image

lokpriya

February 6, 2020

बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा

एजेन्सी – महमूदुल हसन जोयको शतकसँगै बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपमा बंगलादेशले विहीबार दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा हसन […]

February 6, 2020

आर्चरले आइपिएल गुमाउने

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर […]

February 6, 2020

एन्फाका नाममा सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतले रौतहटमा निर्माणाधिन एकेडेमी यथास्थितिमा राख्नु भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का नाममा अन्तरिम आदेश जारी गरेको छ ।   अधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाशिक परुषोत्तम भण्डारीको एकल इजलासले बुधबार छलफलको दिन सम्मका लागि निर्णयहरु कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भन्दै अन्तरिमक आदेश जारी गरेको हो । […]

February 6, 2020

ओमान अन्तिम ओभरमा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – मोहम्मद नदीमको अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । […]

February 6, 2020

एपिएफलाई हराउँदै आर्मी पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।   आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि […]

February 6, 2020

अनिता सम्मिलित सेथु पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई) लिगको सेमिफाइनलमा पुगेको छ । बिहीबार बैंगलोर रंगशालामा बरोडा एफसीलाई ६–० ले हराएपछि सेथु समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । सेथुका लागि सन्ध्याले ४ गोल गरिन् भने कार्तिका र आम्सा भल्लीले समान १ गोल गरिन् । १२ […]

February 6, 2020

सरस्वतीविरुद्ध मछिन्द्रको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले अर्को जित निकालेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड थप रोचक बन्दै गएको छ । रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबमाथि ६–१ को आरामदायी जित निकाल्दै मछिन्द्र केहि समयका लागि लिग अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक […]

February 6, 2020

होल्यान्डको अर्धशतकमा अमेरिकाको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डको अर्ध शतकमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि  इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान […]

February 6, 2020

इपिएललाई आइसिसीको मान्यता निरन्तर 

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो । ‘आज यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी […]

February 6, 2020

पहिलो हाफमा मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको एघारौ चरणको पहिलो खेलमा बिहीबार शीर्ष स्थानको मछिन्द्र क्लब र पुछारको सरस्वती युथ क्लवबीच प्रतिस्पर्धा भैरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको जारी खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्रले १–० ले अग्रता लिएको छ । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.