July 7, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेको चेल्सीले क्रिस्टल प्यालेसको तथा वाट्फोर्ड र नर्विच सिटीबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल नेपाली समयअनुसार १०ः४५ बजे शुरु हुनेछ । क्रिस्टल प्यालेसलाई […]
July 7, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (मंगलबार) राति ३१औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको युभेन्टस र दोस्रो स्थानको लाजियोले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानमा रहेको युभेन्टसले एसी मिलानको सामना गर्दा लाजियोले लिससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र मिलानको खेल नेपाली समयअनुसार राति १ः३० बजे तथा लाजियो र लेच्चेबीचको खेल राति […]
July 7, 2020
पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वीरबहादुर खड्काले मंगलबार सहारा एकेडेमीको निरिक्षण गरेका छन् । कास्की एन्फामा भएको अनियमितता बारे छानविन गर्न खड्का केहि दिन यता पोखरामा छन् । उनले सहाराका पदाधिकारीसँगको भेटमा अब व्यावसायिक फुटबलतर्फ अगाडि वढ्न सुझाए । उनले भने– ‘सहारा बलियो र पाको संस्थाको रुपमा उभिएको छ, अब […]
July 7, 2020
पोखरा (हाम्रो खेलकुद)– निकै विवाद पछि छानविन सुरु गरिएको कास्की जिल्ला फुटबल संघले २०७५ सालमा भएको छैटौँ संस्कणको मनकामना केबलकार पोखरा कपमा करिब ३५ लाख रुपैयाँको नोक्सानी भएको देखिएको छ । कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमितता गरेको भन्ने गुनासोपछि एन्फाले गठन गरेको समितिले अहिले छानविन गरिरहेको छ । एन्फा कास्कीमाथि समितिले ६ विषयलाई […]
July 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो दुई वर्षमा विदेशी फ्रेन्चाइज टि२० लिग खेल्न व्यस्त छन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आइपिएल खेलेसँगै निरन्तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीपले राम्रो पारिश्रमिकका साथ अनुबन्ध हुँदै […]
July 7, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले सम्झौता नवीकरण गर्दै बार्साबाट नै करिअर टुंग्याउने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् । अर्जेन्टिनी फरवार्डका पिताले क्लबसँग सम्झौता नवीकरणबारे छलफल रोकेपनि अध्यक्ष बार्टोमेउ भने पुन: छलफलपछि मेस्सीले नयाँ सम्झौता गर्नेमा ढुक्क छन् । बार्सिलोनाले पछिल्लो समय मैदानभित्र खराब नतिजाका कारण लिग उपाधि गुमाउने देखिएको छ […]
July 7, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन बुन्डेसलिगा क्लब बायर लिभरकुसनका युवा स्टार मिडफिल्डर काई हाभर्टज अनुबन्धको लागि समर ट्रान्सफरमा ६ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । लन्डन क्लब चेल्सीले ९० मिलियन पाउन्ड मुल्य तोकिएको प्रतिभावान् हाभर्टज अनुबन्ध गर्नको लागि गम्भीरतापुर्वक लागि परेको छ । ‘दि डेली एक्सप्रेसका अनुसार चेल्सीले यो समरमा बेच्ने सुचीमा […]
July 7, 2020
एजेन्सी – सर्वियन मिडफिल्डर नेमान्जा माटिचले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा थप तीन वर्ष बस्ने निर्णय गरेका छन् । माटिचले सोमबार क्लबसँग दुई वर्षको सम्झौता बाँकी रहँदै थप एक वर्षको सम्झौतामा नवीकरण गरेका हुन् । यससँगै ३१ वर्षे मिडफिल्डर २०२३ सम्म ओल्ड ट्राफोर्डमा रहनेछन् । ‘एक महान क्लबसँगको सहकार्य जारी राख्न पाउँदा धेरै खुशी छु । […]
July 7, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिले रियल म्याड्रिडलाई फाइदा पुग्ने तरिकाले निर्णय दिइरहेको आरोप लगाएका छन् । बार्सिलोना र रियल म्याड्रिड अहिले स्पेनिस लिगको उपाधि होडमा छन् । बार्सिलोनाले शनिबारको खेलमा भिल्लारियललाई ४-१ ले पराजित गर्दै रियलसँग अंकको दुरी ४ अंकमा झारेको छ । त्यसअघि रियलले एथ्लेटिक बिल्बाओमाथि १-० […]
July 7, 2020
एजेन्सी – विकेटकिपर तथा फिनिसर महेन्द्र सिंह धोनी भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । पूर्व कप्तान धोनी भारतमात्र नभई विश्व क्रिकेट जगतकै एक सफल र उत्कृष्ट कप्तान मानिन्छन् । धोनी आफ्नो क्रिकेट करिअरमा पूर्णविरामको संघारमा छन् । एक वर्षदेखि टोली बाहिर रहेका धोनीको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँगको खेलनै अन्तिम हुने हो की भन्ने […]