September 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो हार बेहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो । सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा तेस्रो हार हो । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो । टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन स्टार रत्नजित तामाङ, दिपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङले नेपालकै विष्णु कटवालाई २१–७ र २१–१२ को सोझो सेटमा हराएर अन्तिम आठमा […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले विभिन्न उपसमिति समिति गठन गरेको हो । बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय […]
September 26, 2019
एजेन्सी – स्पेनिस फुटबल टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले क्रिस्टियानो रोनाल्डो र लियोन मेसीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । विश्व कप विजेता डेल बोस्केले अर्जेन्टिनाका सुपर स्टार मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको उल्लेख गरेका छन् । तर, उनी रोनाल्डो पनि उनी भन्दा कम नभएको प्रष्ट पारेका छन् । कतिपयले पोर्चुगिज सुपरस्टार […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना नेपाल सिंगापुरमा सम्पन्न आईसीसी टि२० विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरियो । उपाधिको दाबेदार नेपालको त्यो प्रर्दशनले स्तर,कप्तान,प्रशिक्षक र ब्यवस्थापनमाथि प्रश्न उठ्यो । टि२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिएपछि कप्तान पारस खड्काले आफ्नो क्षमता अनुसार खेल्न नसकेको बताए । शुक्रबारदेखि सुरु […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अघिल्लो महिना सिंगापुरमा भएको आइसिसी टि ट्वान्टी विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरियो । उपाधिको दाबेदारका रुपमा हेरिएको नेपालको त्यो प्रर्दशनले टोलीको स्तर,कप्तान,प्रशिक्षक र व्यवस्थापनमाथि नै प्रश्न उठ्यो । टि ट्वान्टी वरियतामा ११ औं स्थानमा रहेको नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिएपछि कप्तान पारस खड्काले टोलीले […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । यससँगै आगामी माघमा हुने १५औं संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्ने र सबैमा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलुकदलाई जानकारी गराए । […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा पछिल्लो समय पटक पटक सुनिएको नाममा हो चतुरबहादुर चन्द । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा पर्दा उनी क्यानको अध्यक्ष थिए । क्यानमा लामो समयदेखि आबद्ध छन् भएपनि मुख्य नेतृत्वको रुपमा भने उनले काम गर्ने अवसर पाउँदै पाएनन् भन्दा फरक पर्दैन । क्यान अहिले फेरि […]
September 26, 2019
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो श्रेणीको मिल्टन केनिस डन्सलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । खेलको ४१औं मिनेटमा […]
September 26, 2019
एजेन्सी – शीर्ष डिभिजनको लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कपमा दोस्रो डिभिजनको ग्रिम्सबी टाउनमाथि प्रभावशाली जित निकालेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले ग्रिम्सबीमाथि ७–१ को प्रभावशाली जित निकाल्दै इएफएलको चौथो चरणमा प्रवेश गरेको हो । प्रशिक्षक फ्रान्क लाम्पार्डले घरेलु मैदानमा पहिलो जितको स्वाद लियो । चेल्सीको फराकिलो […]