default_image

lokpriya

September 13, 2019

आयोजक जोर्डनलाई चुनौति दिने नेपालको लक्ष्य !

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि साफ यू १५ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीले शनिबार एएफसी यू १६ च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । बलियो जोर्डनविरुद्ध खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा थाल्नेछ । बोन टेस्टबाट कप्तान प्रदीप लम्सालसहित टोलीका तीन प्रमुख खेलाडी बाहिरिदै नेपाली टोली पहिलाको तुलनामा कमजोर मानिएको छ । प्रदीपको नेतृत्वमा नेपाली युवा टोली भदौ […]

September 13, 2019

पुलिस समूह विजेता, सेमिफाइनलमा एपिएफसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको समूह विजेता बनेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदशलाई ३–१ ले हराउँदै पुलिस समूहको विजेता बनेको हो ।   पराजित गण्डकी उपविजेता बनेको छ । दुवै टोली यो […]

September 13, 2019

राखेपको दोहोरो मापदण्ड , सदस्य सचिव सिलवालको आलोचना !

भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफु मातहत दर्ता भएका खेल संस्थालाई उस्तै प्रक्रियामा दोहोरो मापदण्ड अपनाएको छ । आफु मातहत दर्ता नेपाल ओलम्पिक कमिटी( एनओसी) को निर्वाचनका विषय चुइक्क नबोलेको राखेपले अर्को साताका लागि तय भएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन रोक्न निर्देशन दिएको छ । एनओसी र क्यानको स्वतन्त्र समिति […]

September 13, 2019

अपराजित आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो । अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली […]

September 13, 2019

‘एनओसी निर्वाचन बारे राखेपलाई जानकारी छैन’-सदस्य सचिव सिलवाल

प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेकोले अलग अस्तित्व भएको दलिल पेश गरेपछि जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि आइतबार सर्वोच्च अदालतले बाटो खोलि दिएको थियो । गत साता रुक्म शम्मेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमल चित्रकारले रिट दायर गरेपछि भदौ २० का लागि तय गरिएको एनओसीको […]

September 13, 2019

‘अक्टोपस’ लुइसलाई अनुबन्ध गर्न दुवै म्यानचेस्टरको रस्साकस्सी!

एजेन्सी – दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेन्फिकाका युवा डिफेन्सिभ मिडमिल्डर फ्लोरेन्टिनो लुईसलाई अनुबन्ध गर्ने तयारी थालेका छन् । उनको मिडफिल्डमा जताततै पुग्ने क्षमताले उनको उपनाम नै अक्टोपस रहन गएको छ । युनाइटेडका पल पोग्वा र चेल्सीका एङ्गोलो कान्टेसँग तुलना गर्न थालिएको २० वर्षीय युवा प्रतिभावान फ्लारेन्टिनोको सुरुवाती रिलिज क्लज […]

September 12, 2019

सन्तोषी र गंगाराम राखेपका सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं (हाम्रो खेलकुद )- सन्तोषी बैद्य र गंगाराम महर्जन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बर्ष सर्वोकृष्ट कर्मचारीबाट पुरस्कृत भएका छन् ।  राखेपको ५६ औं बार्षिकोत्सवको  समापनका अवसरमा बिहीबार प्रशासनिक कर्मचारीमा बैद्य र प्रशिक्षकमा महर्जनलाई बर्षको सर्वोकृष्ट परिषद् सेवा पदक पुरस्कारले सम्मान गरेको हो । बैद्य नुवाकोट जिखेबिसमा कार्यरत छिन् । महर्जन ललिपुर जिखेविसमा कार्यरत कराँतेका सहायक […]

September 12, 2019

रत्नजित र दिपेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालास्थित कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा नेपाल नम्बर एक रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।   […]

September 12, 2019

‘म ओपनर भएर मध्यक्रम खस्केको होइन’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिसेम्बरमा घरेलु मैदानमा हुने सागको लागि आफ्नो तयारी थालिसकेको छ । साग अघि नेपालले सिंगापुरमा त्रिकोणात्मक ओमानमा टि२० सिरिज खेल्नेछ । सिंगापुर र जिम्बाबेसँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी ३ अक्टोबरसम्म खेल्ने छ । अक्टोबर ५ देखी १० सम्म ओमान हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज पनि […]

September 12, 2019

‘सम्बा’ नादेझ्दा कपकी सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा नादेझ्दा कपकी सर्वाधिक गोलकर्ता बनेकी छिन् । उज्वेकिस्तानविरुद्ध बिहीबारको फाइनलमा सावित्राले २ गोल गरेपनि नेपाल ३–२ ले पराजित भएको थियो । चार राष्ट्रको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनमा पनि नेपाल उज्वेकिस्तानसँग नै पराजित भएको थियो । सावित्रा ७ गोल सहित नादेझ्दाकी सर्वाधिक गोलकर्ता बनेकी […]

Success

Thank you for your time.