June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस समूह ‘ख’ मा अपराजित तथा एपीएफ समूह ‘क’ मा अपराजित रहँदै समूह विजेता बनेर अन्तिमा चारमा पुग्न सफल भएको हो । यससँगै सेमिफाइनल समिकरण […]
June 6, 2019
नेपाल विरूद्ध चाइनिज ताइपेइ प्रत्यक्ष प्रसारण नियमित गोलकिपर किरण चेम्जोङले नेपालको पोष्ट सम्हाल्नेछन् भने रक्षकमा अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, सुमन अर्याल छन् । त्यस्तै मिडमिफल्डमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, रविशंकर पासवाल, सन्तोष तामाङ छन् । फरवार्डमा अभिषेक टोलीमा छन् ।
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्डको प्रत्यक्ष प्रसारण एभिन्यूज खबरले गर्ने भएको छ । एभिन्यूज खबरकी सिओओ समृद्धि राजभण्डारी र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्ड असार १७ गने राजधानीमा आयोजना हुनेछ । एभिन्यूजले लामो समयदेखि अवार्डको प्रत्यक्ष प्रसारण गर्दै आएको […]
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अभिषेक रिजाल चाइनिज ताइपेविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईमा पर्न सफल भएका छन् । जेठ १९ गते मलेसियाविरुद्ध भएको खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै अभिषेकले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । एन्फा डेमा अभिषेक यो वर्ष उदयमान खेलाडीका रुपमा पुरस्कृत भएका थिए […]
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा स्पोर्टस्लाई केल्मी नेपालले सह प्रायोजन गरेको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र केल्मीका लागि नेपालका आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्ड असार १७ गते काठमाडौंमा आयोजना हुँदैछ । प्रायोजन वापत केल्मीले […]
June 6, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसममा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले जवाफी ब्याटिङ केहि बेरमा गर्दै छ । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । वेस्ट […]
June 6, 2019
एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका गुमाउने पक्का भएको छ । नेयमारको चोटसँगै घरेलु टोली ब्राजिललाई ठुलो झड्का लागेको छ । घरेलु भुमिमा ब्राजिललाई कोपा अमेरिका कपको उपाधि रक्षा गर्न ठुलो समस्या हुनेछ । कतारविरुद्ध २–० को जित निकालेको मैत्रीपुर्ण खेल दौरान नेयमारले चोट बोक्दै मैदानबाट बाहिरिएको थिए । […]
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेटको संघर्षपूर्ण जित निकाल्दै पुलिसले फाईनलमा आर्मीसँगको भेट पक्का गरेको हो । उपाधिको लागि आर्मी र पुलिस शनिवार भिड्ने छन् । आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ […]
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलअन्तर्गत नेपाल पुलिस क्लबलाई जितको लागि ४२ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्न सक्यो । एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चौथो ओभरमा आसिफ शेखलाई २ रनमा […]
June 6, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मेक्सिको र पेरु विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा मेक्सिकोले भेनेजुएलालाई ३–१ ले पराजित गरेको हो । मेक्सिकोले १ गोलले पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । मेक्सिकोको जितमा रोवर्टाे अल्भाराडो, रोडोल्फो पिजारो र एन्डे«स गुअरडाडोले गोल गरे । भेनेजुएलाका जोन मुरिल्लोले एक गोल फर्काए । […]