August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो। भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो। ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको चरिकोटमा हुने भएको छ। महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिताभदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ । तत्कालीन कोषाध्यक्ष किशोर भट्टराई र सदस्य गोपाल महर्जनको राजीनामा स्वीकृत गरेको छ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षबाट सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ। ‘ विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित […]
August 8, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरेको मैत्रीपूर्ण खेलमा अल नासरले सहज जित निकालेको छ। अल्गार्वे रंगशालामा नासरले पोर्चुगलको रियो एभेलाई ४- ० हराएको छ । प्रि–सिजन टुरमा नासरको यो लगातार दोस्रो जित हो। यसअघि नासरले फ्रेन्च क्लब टुलुजलाई २-१ ले हराएको थियो। नासरका लागि पहिलो गोल मोहम्मद सिमाकनले गरे। उनले १५औं मिनेटमा गोल गरेका हुन् […]
August 8, 2025
एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ। […]
August 8, 2025
एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ। पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए। इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे। तर […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिक टकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् । ‘हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रुपमा मनाउन, […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो। ८ वर्ष अघिको वरीयता नेपालको यसअघि उच्च वरीयता थियो। सन् २०१७ को […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। रेडिनयन्टका एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकका २ सहित १५ छात्र टोलीको सहभागिता रहने जानकारी दिए । सोमवार सुरु हुने प्रतियोगिताका सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएकोले टोलीको खेल र प्रतिस्पर्धाको भाव दर्साउने मधेश युनाइटेडले जनाएको छ। इन्फिनिटी ड्रिम्सको […]