August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक […]
August 10, 2025
दिपक बोहरा, पाँचथरझापाको रेड स्टार क्लब तेस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशको सहारा क्लब पोखरालाई २-० ले हराउँदै रेड स्टार अन्तिम चारमा पुगेको हो। रेड स्टारका लागि दुबै गोल सविन लुङ्गेली मगरले गरे। ताप्लेजुङको भानुजन माविको खेलमैदानमा आज भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। खेलको अन्त्यतिर सविनले […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ। भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ। नेपाललाई […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा भएको सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपालको न्युजेनका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन्। इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेका छन्। त्यस्तै स्वमिक महतरा र विष्णु महतराले फेमिली पुम्सेमा स्वर्ण पदक जिते । स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा आज समूह चरणको अन्तिम खेल खेल्दैछ । समूह चरणको अन्तिम खेलमा कश्मिरले नेरोका फुटबल क्लबसँग खेल्दैछ । दुई टोलीबीचको खेल खुमन लम्पाक रंगशालामा आइतवार नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। समूहको अन्तिम खेल्दै गरेका दुवै टोली […]
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दुबई शाखा टोखा च्याम्पियन भएको छ। टोखामा भएको अन्तर टोखा र तारकेश्वर नगरबीच शनिवार भएको प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता थियो। महिला २०-२५ केजीमा आयुष्मा स्याङतान,२६-३० केजी निमिता शाही, ३०-३५ केजी रेशु तामाङ, ३१- ३५ केजीमा […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
August 9, 2025
एजेन्सी – बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनको गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ । यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४- ३ […]
August 8, 2025
सुशील पन्त क्षेत्री,भरतपुर भरतपुर महानगर कमिटीले राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा कालिका नगर कमिटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो । कृष्णपुरको मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल सकेन । भरतपुरका गोलकिपर मनोज गुरुङ […]
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न आनाको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने […]