July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष बेलायती ब्रायन डब्लु बेक नेपाल आउने भएका छन्। नेपाल किक बक्सिङ एसोसिएसनको आयोजनामा हुने चार दिने रेफ्री र प्रशिक्षक सेमिनारमा भाग लिन बेक साउन १६ नेपाल आउन लागेका हुन्। काठमाडौंको जडीबुटीस्थित फाइट क्लब नेपालमा आयोजना साउन १७ देखि २० गतेसम्म हुने कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ […]
July 28, 2025
एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । शनिवार हुने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए । विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल […]
July 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्। राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग […]
July 27, 2025
एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पाँचौं तथा अन्तिम दिनको खेल बाँकी रहँदा भारत १ सय ३७ ले पछाडि छ। म्यानचेस्टर भारतले दोस्रो इनिङमा २ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदा शनिवार चौथो दिनको खेल समाप्त भएको थियो। पहिलो ओभरमा नै २ विकेट गुमाएर संकटमा परेको टोलीका कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका […]
July 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]
July 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ नेपाली पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय टोली आज प्रस्थान गर्ने छ । प्रतियोगितमा समान २ महिला/पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ४ खेलाडीले समान २ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय […]