default_image

सातौं राष्ट्रिय खेलकुद

December 25, 2016

सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन , तस्बिरमा एथलेटिक्सका प्रतिस्पर्धा

दिपेन्द्र पोखरेल इटहरी – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको तेस्रो दिन आइतबार विभिन्न खेल सम्पन्न भएका छन् । इटहरी रगंशालामा भएको एथलेटिक्स खेलका प्रतिस्पर्धा धेरैको नजरमा रह्यो । नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले दोस्रो दिन ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । अघिल्लो दिन शनिबार उनले सटपुटमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् […]

Nawayug

December 25, 2016

नवयुगको निर्णायक गोलले आर्मी सेमिफाइनलमा , एपिएफ र सुदुरले बराबरी खेले

सातौ राष्ट्रिय खेलकुद धरान – (हाम्रो खेलकुद) – धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा त्रिभुवन आर्मिले मध्यपश्चिमलाई १-० ले हराउदै प्रतियोगितको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मिकालागी एकमात्र गोल स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गरे । श्रेष्ठको ७ मिनेटको गोल आर्मिकोलागी निर्णायक साबित भयो । त्यस्तै अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले भने सुदुर पस्चिमाञ्चल […]

Paras Khadka Century

December 25, 2016

पारसले ४१ बलमा शतक हाने, एपिएफको दोस्रो जित

दिपेन्द्र पोखरेल विराटनगर – कप्तान पारस खड्काको विस्फोटक अविजित शतकको मद्दतमा एपिएफले सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनले हराउँदै एपिएफले दुई खेलमा शतप्रतिशत नतिजा निकालेको हो । पारसले अविजित १ सय ५ रन बनाएको खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफ ४ विकेटको क्षेतिमा २ सय […]

December 25, 2016

उमन्स डबल्समा सेना र मेन्स डबल्समा पुलिसलाई स्वर्ण

विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ । पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र […]

December 25, 2016

दुवै रिलेमा सेनाले स्वर्ण पदक जित्यो

इटहरी (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको महिला/पुरुष दुवै रिले दौड नेपाली सेनाको आर्मी क्लबले जितेको छ । इटहरी रंगशालामा आइतबार ४ गुणा ४ सय मिटरको पुरुष रिले आर्र्मीको टोलीले ३ मिनेट ३०.२० सेकेन्डमा पुरा गरेको थियो । पुरुषमा एपिएफले रजत (३ मिनेट २७.६२ सेकेन्ड) र मध्यपश्चिमले (३ मिनेट ३६.६८) ले कास्य पदक जित्यो । […]

December 25, 2016

प्रमिला र केशरीलाई पछि पार्दै सविताले जितिन् हर्डल्समा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद इटहरी (हाम्रो खेलकुद) – एपिएफकी सविता चौधरीले महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छिन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार सविताले १६.९५ सेकेन्ड हर्डल्स पार गर्दै स्वर्ण पदक जितेकी हुन् । प्रमिला थारुकी रजत र लङजम्पमा स्वर्ण जितेकी नेपाल पुलिसकी केशरी चौधरीले कास्य पदक हात पारिन् । […]

chandra

December 25, 2016

सटपुटपछि ज्याभलिङ थ्रोमा पनि चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

दिपेन्द्र पोखरेल इटहरी– नेपाल पुलिसकी चन्द्रकला लामगादेका महिला ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । इटहरी रंगशालामा आइतबार चन्द्रकलाले ४३.९४ मिटर थ्रो फाल्दै नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितेकी छिन् । यसअघि ४ मिटरको आफ्नै कीर्तिमानलाई सधार्दै चन्द्रकलाले नयाँ कीर्तिमान कायम गरिन् । सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले […]

December 25, 2016

सेनाका रामबहादुरले जिते ज्याभलिङ थ्रोमा स्वर्ण

दिपेन्द्र पोखरेल इटहरी – नेपाली सेनाका रामबहादुर थापाले ज्याभलिङ थ्रोमा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार रामबहादुरले ५६.८८ मिटरको दुरी थ्रो गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् । नेपाल पुलिसका नरेन्द्रजंग शाह र एपिएफका प्रकाश खड्काले कास्य पदक जितेका छन् । नरेन्द्रजंगले ५३.४० मिटर र प्रकाश खड्काले ५१.६७ […]

December 25, 2016

पुलिसकी केशरीलाई लङलम्पमा स्वर्ण

दिपेन्द्र पोखरेल इटहरी – नेपाल पुलिसकी केशरी चौधरीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको महिला लङजम्पमा स्वर्ण पदक जितेकी छिन् । केशरीले ५.०५ मिटर नाघ्दै स्वर्ण पदक जितेकी हुन् । सेनाकी कृष्णा चौधरीले रजत र एपिएफकी शिला चौधरीले कास्य पदक जितिन् । कृण्णा चौधारीले ४.९४ मिटर र शिलाले ४.८४ मिटर पार गरेकी […]

December 25, 2016

विशेषले सेनालाई दिलाए हर्डल्समा स्वर्ण पदक

दिपेन्द्र पोखरेल इटहरी – नेपाली सेनाका विशेष महतोले १ सय १० मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार विशेषले १५.९ सेकेन्डमा दुरी पुरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । इटहरी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीकै रामप्रसाद चौधरीले रजत र नेपाल पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जितेका छन् […]

Success

Thank you for your time.