default_image

राष्ट्रिय खेलकुद

September 13, 2022

एपिएफ पनि नखेल्दै बाहिरियो, राखेपमा बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधिको प्रमुख दावेदार विभागीय टोली नेपाल एपिएफ क्लब पनि एक खेल खेल्न नपाइ बाहिरिएको छ । वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि उपाधि दाबेदार एपिएफ समूह बी चरणबाटै बाहिरिएको छ । यसअघि बागमती पनि अघिल्लो दिन लगातार चौथो खेल खेल्न नपाएपछि […]

September 12, 2022

आर्मीलाई मधेशको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह ए को खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन जोड्यो । औसत सुरुवात गरेको मधेशले पाँचौ ओभरमा २६ रन जोड्दा पहिलो […]

September 11, 2022

सागरलाई जुरेको पुनरागमनको अवसर

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा चोटपछि पुनरागमन गर्न धेरै कठिन छ । समयमै स्तरीय उपचार नपाउँदा र उपचार भएपनि फर्कने अवसर नहुँदा खेलाडीलाई चोट अभिसाप नै बन्दै आएको छ । चोटपछि निकै कम खेलाडीले समयमा पुनरागमन गर्ने अवसर पाउँछन् । अझ घरेलु प्रतियोगिताको अवस्था दयनीय हुँदा अधिकांश खेलाडी फर्कन नै पाउँदैनन् । चोटले नै करिअरमा […]

September 8, 2022

सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट […]

July 20, 2022

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् । नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा […]

May 17, 2022

नवौं राष्ट्रिय खेलकुदको प्रक्रिया नै अघि बढेन

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद पूर्व निर्धारित समयमा नहुने देखिएपनि सरकारले त्यसबारे अर्को कुनै निर्णय गरिसकेको छैन । चैत ३० गतेको मन्त्रीपरिषद् बैठकले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक भएपनि त्यसपछिका प्रक्रिया अघि […]

September 17, 2021

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]

February 28, 2021

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको निरक्षण गर्ने !

विजय नेपाली, पोखरागत वर्ष १३ औ दक्षिण एसियाली खेलकुद (साग) का कारण पोखरा रंगशालामा पूर्ननिर्माण गरिएको थियो । पूर्ण रुपमा निर्माण सम्पन्न नभएपनि सागको महिला फुटबल त्यहि रंगशालामा आयोजना भएको थियो । पोखरामा १३ औं सागका विभिन्न ७ खेल आयोजना भएका थिए । सागका लागि पूर्वाधार मर्मतसहित नयाँ सिट जडान गर्ने काम भयो । तर, […]

December 9, 2020

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नहुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौं सस्करण निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएपछि नवौ निर्धारित मितिमा नहुने लगभग […]

December 5, 2020

नवौं राष्ट्रिय खेलकुद आयोजना – राखेप ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड […]

Success

Thank you for your time.