June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लबले संयुक्त आयोजना मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रवार ४ चरणको प्रतिस्पर्धामा डिएभी स्कुल धोबीघाट, नाइटिङ्गेल इन्टरनेसनल स्कुल कुपण्डोल, इन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर, कञ्चनपुर र सूर्योदय बोर्डिङ स्कुल काठमाडौं अगाडि छन्। राष्ट्रब्यापी बिद्यालय स्तर चेस […]
June 21, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा चेस क्लबले आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा ५ विद्यार्थीले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्। मकवानपुर बहुउद्देश्यीय क्याम्पस हेटौंडामा भएको ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका व कृतार्थ ढोडारी ७ अंकसहित विजयी पभएका छन्। कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई डाइरेक्ट इन्काउन्टर विधिमा पराजित गरे […]
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन शुक्रवार सातौं चरणको खेल सकिँदा सम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे छ अंक सहित एकल अग्रता लिएका छन् । छैटौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी संग बराबरी खेलेका पुरुषोत्तमले सातौं चरणको खेलमा काठमाडौका खेलाडी जनार्दन श्रेष्ठलाई हराए। एफएम क्षितिज भण्डारी , झापाका प्रकाशचन्द्र […]
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- कुशल बेलबासे र आभाष तिवारीले समान २ अंक जोड्दै दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस प्रतियोगिताको पहिलो दिन बुधवार सुरु संयुक्त शीर्ष स्थानमा छन्। अन्नपूर्ण स्कुलमा सुरु प्रतियोगितामा कुशल र आभाषसहित २० खेलाडीले २ अंक जोडेका छन्। एफएम क्षितिज भण्डारी, सिएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, […]
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – झापाका रिसोन थापा र काठमाडौंकी रिया श्रेष्ठले प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपको उपाधि जितेका छन्। बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा शनिवार सम्पन्न च्याम्पियनसिपमा शतप्रतिशत सफलतासहित रिसोन छात्रतर्फ विजयी भएका हुन् । रिसोनले ९ चरणको खेलबाट ९ अङ्क प्राप्त गरे। श्रीलंकामा एसियाली चेसमा रजक पदक जितेर फर्केका सिएम पुरुषोत्तम सिलवालले ८ अङ्क जोडेर दोस्रा […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम जुनियर नेसनल चेस च्याम्पियनसिपको छात्रातर्फ काठमाडौंकी रिया श्रेष्ठले एकल अग्रता लिएकी छिन् । बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा जारी युवा प्रतियोगितामा रियाले ५ चरणको खेल सकिँदा ४.५ अंक जोडेर अग्रता बनाएकी हुन्। ओलम्पियाडमा छनोट भएकी रियाले नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारीलाई हराइन् । उनले विविशा तामाङसँग बराबरी खेलिन्। दोस्रो […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप मा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन्। श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौंवरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए। पुरुषोत्तमले ७ मध्ये ६ खेलमा जित निकाले । उनले बंगलादेशका […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्भलस इंग्लिस बोर्डिङ स्कुलले २० औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि जितेको छ। उमेर समूह यु ९, ११, १३ तथा १३ वर्ष माथिका छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस ४५ अंक जोडेर च्याम्पियन बनेको हो । ७५ स्कुलका ५ सय ५० विद्यार्थीको सहभागी रहेको प्रतियोगितामा मनकामना विद्यालयले ४० […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप छात्र यु ११ मा पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणमा अपराजित रहँदै विजयी बनेका छन्। अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्प सदनका हार्दिक पन्त समान ६ अंकका साथ तेस्रो भए । यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बाँसबारी माविले काठमाडौं महानगरपालिका वडा नं ४ ले आयोजना गरेको चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा बिहीवार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो । हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए […]