default_image

अन्य

August 1, 2025

‘छिट्टै एनओसीको तदर्थ समिति गठन गरिनेछ’- खेलकुद मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन तयारी भइरहेको जानकारी दिएका‌ छन् । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार आर्थिक वर्ष २०८१/०८२ सम्पादित कार्य र नीतिगत सुधारको सार्वजनीकरण कार्यक्रम गर्दै मन्त्री चौधरीले एनओसीका सदस्य संघका २२ संघको विशेष साधारण सभामार्फत एनओसीको तसर्थ समिति गठन गरिने बताए […]

August 1, 2025

डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) को आयोजना बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु भएको छ। कार्यक्रममा डब्लुएफकेओका अध्यक्ष ब्रायन डब्लु बेकको उपस्थिति थियो। पूर्व युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने विश्वास व्यक्त गरे । डब्लुएफकेओ नेपालका महासचिव बिन्दा नेपालीले भोलिदेखि ४ […]

August 1, 2025

एभरेष्ट म्याराथन एम्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए । […]

August 1, 2025

पलेशालाई एसियन च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा जारी १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा पलेशा गोवर्धनले कास्य पटक जितेकी छिन्। कुचिङमा‌ भएको च्याम्पियनसिपको के-४४ क्याटगोरी‌कोसेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन्। यो खेलमा लीले पलेशालाई पहिलो राउन्डमा ४-० र दोस्रो राउन्डमा १०-० ले सहजै माथ दिइन्। सेमिफाइनलमा १४-० ले हारेकी पलेशाले कास्य पदकमा चिक्त बुझाइन्। […]

July 31, 2025

चौधरीको‌ अध्यक्षतामा भारोत्तोलनको नयाँ कार्यसमिति चयन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीवार निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा चौधरी संयोजक थिए । उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही […]

July 31, 2025

भारतको दुवै टोली छनोट

काठमाडौं (हाम्रो खेलकुद)- भारतको महिला/पुरुष दुवै दक्षिण एसियाबाट विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिवार सम्पन्न प्रतियोगिता राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएका हुन् । महिला र पुरुषतर्फ समान ५ राष्ट्र सहभागी थिए । महिला पुरुष दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका […]

July 30, 2025

उमेर समूहको बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । जुलाइ ३१ मा सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० […]

July 29, 2025

श्रेष्ठको अध्यक्षतामा झापा साइक्लिङ क्लब गठन

बिर्तामोड (हाम्रो खेलकुद)-झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । बिर्तामोडमा सोमवार भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् । १३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, […]

July 28, 2025

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार सुरु हुने भएको छ । नेपालसहित भारत , श्रीलंका, माल्दिभ्स र बंगलादेशका खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी  गराए । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने […]

July 28, 2025

लुम्बिनीमा एक वर्षपछि खेलकुद मन्त्री नियुक्त

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक बर्षपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। वर्तमान सरकार गठन भएको १ बर्ष ५ दिन पूरा भएपछि साउन १२ गते युवा तथा खेलकुद मन्त्रीमा सन्तोषकुमार पाण्डे नियुक्त भएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष अगाडि सरकार गठन हुँदा आफैले राखेको सो मन्त्रालयमा लोकतान्त्रिक समाजवादी […]

Success

Thank you for your time.