default_image

अन्य

July 21, 2025

विश्व विजयले वर्ल्ड च्याम्पियनसिप चेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- शारिरिक रुपमा अशक्त चेस फेडेरेसन (सिएफपिडी ) र विशेष रुपमा सक्षम गोवा चेस एसोसिएसन (जिसिएएसए) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आइपिसिए)  भारतमा आज सुरु भएको छ।  विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म प्रतियोगिता सन्चालन हुनेछ।प्रतियोगितामा विश्व विजय घिमिरेले नेपालको प्रतिनिधित्व गर्नेछन्।‌  […]

July 21, 2025

सदभाव अमेरिका प्रस्थान, पिजिए टुर सम्मको अवसर

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गोल्फर सदभाव आचार्यले अमेरिका स्थित टेक्सस युनिभर्सिटी, सेन एन्टोनियो (युटिएसए) मा अध्ययन र नेशनल कलेजिएट एथलेटिक एसोसिएसन (एनसिएए) डिभिजन – १ को लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। एनसिएए डिभिजन-१ मा छात्रवृत्ति पाउने उनी पहिलो नेपाली गल्फर हुन्। आज उनी अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा भएको जुनियर प्लेयर्स […]

July 20, 2025

अस्ट्रेलियामा तामाङले खोले गुर्खाज तेक्वान्दो

सिड्नी (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले अस्ट्रेलियाको न्युक्यासलमा तेक्वान्दो एकेडेमी स्थापना गरेका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ५ पटकका राष्ट्रिय च्याम्पियन रोहितले करिव एक महिनाअघि न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन् । हाल एकेडेमीमा १३ जनाले प्रशिक्षण लिइरहेका छन् । यसअघि जीवन श्रेष्ठले सन् २०२० मा सिड्नीमा यो एकेडेमीको स्थापना […]

July 19, 2025

क्षितिजलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलातर्फको उपाधि क्षितिज भण्डारीले जितेका छन्। हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २ सय ४७ खेलाडी सहभागी भए । नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो। एकेडेमीकी […]

July 19, 2025

जिम्न्याष्टिक संघमा अध्यक्ष प्रधानसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । संघीय सांसद समेत रहेका प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष हुन् । जिम्न्याष्टिक संघको ६ उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार […]

July 18, 2025

नेपाली टोलीले महिला कबड्डी विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले भारतको हरियाणामा हुने दोश्रो महिला कबड्डी विश्वकपमा भाग लिने भएको छ। नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता साउन १८ गते देखि २५ गते (अगष्ट ३ देखि १०) सम्म हरियाणाको मोरमाजरामा हुनेछ । टोलीको खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा […]

July 18, 2025

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् । केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव […]

July 16, 2025

खेल संघका पदाधिकारीसँग खेलकुद मन्त्रालयको अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रिय खेल संघ र महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय […]

July 15, 2025

अस्ट्रेलियामा दिवस, विजय र सुजनलाई पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् । प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग ) का रजत पदक विजेता दिवस श्रेष्ठले दोहोरो पदक जितेका छन्। खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका दिवसले ८४ केजी माथि तौल समूहमा काँस्य पदक प्राप्त गरेका छन्। यसैगरी ६० केजी मुनिमा विजय […]

July 15, 2025

राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलवार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न […]

Success

Thank you for your time.