default_image

अन्य

July 28, 2025

लुम्बिनीमा एक वर्षपछि खेलकुद मन्त्री नियुक्त

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक बर्षपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। वर्तमान सरकार गठन भएको १ बर्ष ५ दिन पूरा भएपछि साउन १२ गते युवा तथा खेलकुद मन्त्रीमा सन्तोषकुमार पाण्डे नियुक्त भएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष अगाडि सरकार गठन हुँदा आफैले राखेको सो मन्त्रालयमा लोकतान्त्रिक समाजवादी […]

July 27, 2025

टुसाल मल्टी भेन्युमा अन्तरविद्यालय पौडी हुने

काठमाडौं (हाम्रो खेलकुद)- टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । शनिवार हुने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए । विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल […]

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]

July 27, 2025

एथलेटिक्स संघको निर्वाचन रोक्न माग

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्। राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका‌ लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग […]

July 26, 2025

मुलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको  छ । मुलको अध्यक्षतामा शनिवार १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]

July 25, 2025

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ नेपाली पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय टोली आज प्रस्थान गर्ने छ । प्रतियोगितमा समान २ महिला/पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ४ खेलाडीले समान २ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय […]

July 25, 2025

पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद)- ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो।   अवार्डको आयोजनाका लागि आज आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धि सम्झौता भयो। संझौता पत्रमा […]

July 24, 2025

नेपाललाई सेपाकताक्रो विश्व च्याम्पियनसिपमा २ पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८ औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीवार १ स्वर्ण र १ रजत पदक जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् । मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका […]

July 22, 2025

‘खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ’- सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुसी बनाउने योजना भएको बताएका छन् । गत आर्थिक वर्ष मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् […]

July 22, 2025

करातेकी एरिका र फुटबलकी अञ्जनालाई इनर ह्विलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगर मंगलवार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् । कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते एरिका र गोलकिपर अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले समान २५ […]

Success

Thank you for your time.