default_image

अन्य

July 12, 2025

क्षितिजलाई ललितपुर ब्लिज चेसको उपाधि

ललितपुर (हाम्रो खेलकुद)- फिडे मास्टर क्षितिज भण्डारीले महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजे एस क्याफे दोस्रो ब्लिज रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। स्विस लिग प्रणाली अनुसार नवौं चरणको एकदिने द्रुतगतिको खेलमा क्षितिजले ८ खेलमा जित र एक खेलमा बराबरी खेली साढे ८ अंकसहित ट्रफि जितेका हुन्। अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरेका क्षितिजले ८ […]

July 12, 2025

नेपालगन्ज नाइट रन पनि एम्समा आबद्ध‌

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]

July 10, 2025

करिब ११ करोडमा खेलकुदका दुईवटा संरचना निर्माण

ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि […]

July 9, 2025

टेबल टेनिसको लेभल वान कोचिङ कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधवार सुरु भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । कोर्समा सातै प्रदेशको सहभागिता […]

July 9, 2025

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तेस्रो थाउलो वल्ड कपका कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहिरत सम्मान गरिएको छ। जापानमा गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म […]

July 8, 2025

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम, आइटिएफ, एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १ प्रतियोगिता खेल्ने छिन् । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने […]

July 5, 2025

प्रोत्साहन भत्ता दिने प्रदेश सरकारलाई एसोसिएसनले धन्यवाद दियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसियसनले आफ्नो प्रदेशका ओलम्पियनका लागि मासिक प्रोत्साहन भत्ता उपलब्ध गराएको गण्डकी प्रदेश तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेकोमा बागमती र सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिएको छ। एसोसिएसनको नयाँ कार्यसमितिको आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको बताइएको छ। त्यस्तै प्रदेश खेलकुद परिषद् बागमतीलाई स्कुल टु ओलम्पिकको समापनका अवसरमा ओलम्पियन […]

July 5, 2025

दमकमा ध्रुवतारा खुला फुटसल हुने

हिमाल खरेल, दमक झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको हो । सचिव खड्काका […]

July 5, 2025

गुरुङको अध्यक्षतामा भरतपुर सितोरियोको कार्यसमिति चयन

सुशील पन्त क्षेत्री, भरतपुर नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । संघको आज भएको विशेष साधारण सभाबाट गुरुङको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वौद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् […]

July 3, 2025

बिर्तामोडको रेड स्टार एफसीको अध्यक्षमा राउत

हिमाल खरेल, बिर्तामोड झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् । आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार चौधरी, उपाध्यक्षमा प्रवीण गौतम, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा सडकलाल राजवंशी र कोषाध्यक्षमा ममता भट्टराई सर्वसम्मत चुनिएका छन् । त्यस्तै, सदस्यमा भुवन तामाङ, मनिष […]

Success

Thank you for your time.