June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबिच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला एकलको उपाधि भिडन्त हुने भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११-०, ११-४ र ११-३ हराइन् । अर्कोमा स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-३, ११-५ र […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम जुनियर नेसनल चेस च्याम्पियनसिपको छात्रातर्फ काठमाडौंकी रिया श्रेष्ठले एकल अग्रता लिएकी छिन् । बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा जारी युवा प्रतियोगितामा रियाले ५ चरणको खेल सकिँदा ४.५ अंक जोडेर अग्रता बनाएकी हुन्। ओलम्पियाडमा छनोट भएकी रियाले नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारीलाई हराइन् । उनले विविशा तामाङसँग बराबरी खेलिन्। दोस्रो […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको हो । पहिलो दिन २ कीर्तिमान बनेका थिए । दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप मा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन्। श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौंवरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए। पुरुषोत्तमले ७ मध्ये ६ खेलमा जित निकाले । उनले बंगलादेशका […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण अर्को महिना आयोजना हुने भएको छ। आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले मंगलवार पत्रकार सम्मेलनमा गर्दै असार १४ गते प्रतियोगिता हुने जानकारी दिएको छ । दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल […]
June 10, 2025
हिमाल खरेल,बिर्तामोड तेस्रो मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुने प्रतियोगिता संयोजक राम दाहालले मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]