June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन्। उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै २१ हजार रुपैयाँ प्राप्त गरे। रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए। उनले नगद १६ हजार रुपैयाँ पाए । […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जनले स्वर्ण पदक जिते। फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ को सोझो […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्भलस इंग्लिस बोर्डिङ स्कुलले २० औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनको उपाधि जितेको छ। उमेर समूह यु ९, ११, १३ तथा १३ वर्ष माथिका छात्र र छात्रा बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा मार्भलस ४५ अंक जोडेर च्याम्पियन बनेको हो । ७५ स्कुलका ५ सय ५० विद्यार्थीको सहभागी रहेको प्रतियोगितामा मनकामना विद्यालयले ४० […]
June 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]
June 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक ४ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। कर्णाली प्रदेश २ स्वर्ण र ५ रजत पदक साथ दोश्रो भयो । गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित संयुक्त रुपमा तेश्रो भए । […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट्स फोरममा भाग लिने भएकी छिन्। एथलेट्स फोरम आगामी बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ । सन्तोषीले शनिवार काठमाडौं २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन्। महिला म्याराथनकी राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ स्वदेश भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण […]
June 8, 2025
काठमाडौ (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद र पर्यटनको उर्वर भूमि भएकोले नेपालमा सबै खाले दौडको सम्भावना रहेको बताएका छन्। विश्व म्याराथनको साझा संस्था एसोेसिएसन अफ इन्टरनेसनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीसँग आतवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड […]
June 8, 2025
काठमाडौ (हाम्रो खेलकुद)- सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ बेस्ट अफ दि बेस्टमा उपाधि जितेका छन् । काठमाडौं खुसिँबुस्थित मल्टिपर्पोज मार्शल सेन्टरमा भएको प्रतियोगिताको महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिस क्लबकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । पुलिसकी […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौड स्वर्ण जितेका छन् । आइतवार सुरु भएको प्रतियोगितामा आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदैओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो भएवापत ग्रेसले छुट्टै […]