default_image

अन्य

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

June 7, 2025

अग्रिम र निहानालाई स्कुल चेस उपाधि  

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप छात्र यु ११ मा पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणमा अपराजित रहँदै विजयी बनेका छन्।  अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्प सदनका हार्दिक पन्त समान ६ अंकका साथ तेस्रो भए । यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी […]

June 7, 2025

अर्हन्त र विपनालाई स्क्वास उपाधि 

ललितपुर (हाम्रो खेलकुद)- प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को उपाधि पुरुषतर्फ अर्हन्त केशर सिंह र महिला तर्फ विपना भ्लोनले जितेका छन्।  सातदोबाटो स्थित नेपाल स्क्वास एकेडेमीमा शनिवार भएको फाइनल खेलमा शीर्ष खेलाडी अर्हन्तले पाँचौं वरियताका पासाङ्ग भ्लोनलाई ११-८, ११-९ र ११- ९ को स्कोरले पराजित गरे। राकेश परियार तेस्रो र प्रज्वल प्रधान चौथो भए […]

June 7, 2025

जुलियस र सन्तोषीलाई २५के रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए । उनले १ घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। १ घण्टा […]

June 6, 2025

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल […]

June 5, 2025

रेकर्डसहित सदभावले जिते गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य रेकर्ड स्कोरमा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि पहिलो पटक जितेका छन्। नेपालकै राहुल विश्वकर्मालाई बिहीवार १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सदभाव च्याम्पियन बने। गोकर्ण गल्फ क्लबमा सदभावले आज २-अन्डर ७० खेल्दै समग्रमा २०-अन्डर १ सय ९६ को स्कोर खडा गरे। उनले ५४-होलको १८-अन्डरको […]

June 5, 2025

बाँसबारीलाई चेयरम्यान कप चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बाँसबारी माविले काठमाडौं महानगरपालिका वडा नं ४ ले आयोजना गरेको चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा बिहीवार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो । हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए […]

June 4, 2025

सदभावको कोर्स रेकर्डमा नेपाल ‘ए’ लाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११औं संस्करण नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ। नेपाल ‘ए’ का सदभाव र राहुल विश्वकर्माको जोडीले ३६ होलको समाप्तिमा २४-अन्डर २ सय ६४ को सानदार स्कोर‌मा स्वर्ण जितेको हो। गोकर्ण गल्फ क्लबमा सदभावले १२-अन्डर ६० को […]

June 4, 2025

१२ बर्डी सहित सदभावले बनाए कोर्स रेकर्ड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले आज गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड बनाएका छन्। ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधवार १२-अन्डर ६० को अविश्वसनिय स्कोरमा उनले नयाँ कोर्स रेकर्ड बनाएका हुन्। उनले प्रोपेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ […]

June 3, 2025

कीर्तिमानी धावक मानन्धरको सम्मानमा १ सय विशेष साइकल तयार

काठमाडौं (हाम्रो खेलकुद)- प्याङ्क बाइकले आफ्नो शताब्दी उत्सव मनाउने क्रममा नेपालका महान म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सद्धभाव दूत बनाएर मंगलवार विशेष सम्मानको घोषणा गरेको छ। प्याङ्क बाइकले १ सय वर्ष अगाडि नेपालमा पहिलो पटक साइकलको व्यापार सुरु गरेको थियो। प्याङ्क बाइकका प्रोपराइटर तिरेक मानन्धरले विशेष घोषणा गर्ने क्रममा भने, ‘हाम्रो शताब्दी उत्सवमा प्याङ्क बाइकले कीर्तिमानी […]

Success

Thank you for your time.