May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेशनल खेलाडी रामे मगरको टोलीले सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि जितेको छ। रोयल नेपाल गल्फ क्लबमा आज रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो। एमेच्योर गल्फर सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे। प्रो भुवन नगरकोटीको टोलीले १ सय १७ अंक सहित दोस्रो स्थान […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व चेस खेलाडी कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इङ्ल्याण्डका गरि १ सय २७ जना खेलाडी सहभागी छन् । भक्तपुर युवा टिमले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंकका साथ शीर्ष स्थानमा छन्। पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै डेढ वर्षपछि घरेलु टुरमा कमब्याक गरेका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। समग्रमा १७-अन्डर २ सय ५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सदभाव आचार्यले रोयल नेपाल गल्फ क्लबको चार दिनको प्रतियोगिताको रेकर्ड तोडेका हुन्। सदभावले यही सिजन काठमाडौँ ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड […]
May 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध […]
May 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन धरानका प्रो शुक्र बहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा उनले भुवन कुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा ३ स्ट्रोकले अगाडि रहेका शुक्रले उपाधि जित्ने संभावनालाई मजबुत बनाएका छन्। […]
May 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनकाे ४ सदस्यीय पदाधिकारी टाेली बिहीवार थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रवार हुने एसिया राेड रेस फाेरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बैंकक तर्फ प्रस्थान गरेका हुन् । सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै […]
May 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई एकल अग्रता बनाउँदै शीर्षस्थानमा रहेका छन्। समग्रमा ६-अन्डर १ सय ३० को स्कोरमा शुक्रले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १-ओभर ६९ को स्कोर गरे। पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लब विजयी भएका छन् । कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो । सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। पार-६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे। करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुई नेपाली अम्पायरले ब्याडमिन्टन एसियाको अम्पायर कोर्स उत्तीर्ण गरेका छन्। कृतन खड्काले सर्टिफाइड अम्पायर र मन्दिरा न्यौपानेले अक्रिडिटेड अम्पायरको कोर्स उत्तीर्ण गरेका हुन् । २४ वर्षीय खड्काले चीनमा भएको व्याडमिन्टन एसिया च्याम्पियनसिप र न्यौपानेले इन्डोनेसियामा आयोजित ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा परीक्षा दिएका थिए। यी दुई उत्तीर्ण भएसँगै ब्याडमिन्टन एसियाको मान्यता प्राप्त नेपाली […]