May 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। […]
May 28, 2025
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति भंग गरेर बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बैशाख २४ गते प्रभाकर राना (रिक्की) लाई संयोजक तोक्दै नयाँ तदर्थ समिति बनाइदिएका थिए […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपाल ५ स्वर्ण, १ रजत र ४ कांस्य पदकसहित उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य पदक जितेकि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको […]
May 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंउशालामा आज भएको फाइनलमा आर्मीले विभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई एकपक्षीय खेलमा २०-५ ले हराउँदै उपाधि जित्यो । आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । एपिएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता आर्मीकी मुना सोरेन उत्कृष्ट […]
May 26, 2025
बनेपा (हाम्रो खेलकुद)- बनेपा नगर टेबलटेनिस संघको आयोजनामा यसै साता प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता हुने भएको छ । जेठ १५ गते सुरु हुने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र […]
May 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताएको राष्ट्रिय खेलकुद परिषद् ले जनाएको छ । […]
May 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यसै साता आयोजना हुने भएको छ। कान्तिपुर हाफ म्याराथन जेठ शनिवार हुने आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यो वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा महिला र […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा हुने नेपाली खेलाडीले २६ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन्। ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिवार दक्षिण कोरिया प्रस्थान गरेको छ। गुमीमा जेठ १३ देखि १७ गते (मे २७ देखि ३१ सम्म ) हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुशील कुमार शाही र सोही क्लबकी निशा सार्कीले वान रन अन्तराष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन्। आज भएको दौडमा १ घण्टा ०५ मिनेट ५८ सेकेन्ड समयका साथ सुशीलले उपाधि जितेका हुन्।आर्मीकै विनोद रोकायालाई १ घण्टा ०६ मिनेट ११ सेकेन्डका साथ दोस्रो भए। नरेन्द्र सिंह रावत तेस्रो भए। उनले १ […]