May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लब विजयी भएका छन् । कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो । सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। पार-६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे। करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुई नेपाली अम्पायरले ब्याडमिन्टन एसियाको अम्पायर कोर्स उत्तीर्ण गरेका छन्। कृतन खड्काले सर्टिफाइड अम्पायर र मन्दिरा न्यौपानेले अक्रिडिटेड अम्पायरको कोर्स उत्तीर्ण गरेका हुन् । २४ वर्षीय खड्काले चीनमा भएको व्याडमिन्टन एसिया च्याम्पियनसिप र न्यौपानेले इन्डोनेसियामा आयोजित ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा परीक्षा दिएका थिए। यी दुई उत्तीर्ण भएसँगै ब्याडमिन्टन एसियाको मान्यता प्राप्त नेपाली […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलवार त्यसतर्फ जाने भएको टोली छ। ११ खेलाडीसहितको टोलीलाई सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे। महिला (कुमुते): प्रशिक्षक व्यवस्थापक
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा मंगलवार सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत यो सातौँ प्रतियोगिता हो। ७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले […]
May 19, 2025
ललितपुर (हाम्रो खेलकुद)- ललितपुर जिल्ला बुद्धिचाल संघमा अध्यक्ष विक्रम श्रेष्ठसहित ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। ललितपुरको ६ वटा पालिकाका प्रतिनिधि एवं कार्य समितिले २ वर्षका लागि कार्यसमिति चयन गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल चयन भएका […]
May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्वदेश गुरुङले टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कप- एमेच्योर सिरिजको उपाधि जितेका छन्। आज गोकार्ण गोल्फ क्लबमा स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फारम्याटमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२ अंककासाथ उपाधि जितेका हुन्। उपाधिसँगै उनी आगामी नोभेम्बरमा एन्टाल्यामा हुने टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कपको ग्राण्ड फाइनलमा पनि छनोट भएका छन्। आङ डेन्डी शेर्पा काउन्ट ब्याकमा दोस्रो भए। […]
May 18, 2025
रविन्द्र वाईबा, हेटौंडा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा चर्चित राष्ट्रिय कराते खेलाडी धादिङ एरिका गुरुङ र राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बल बर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आयोजित कार्यक्रममा राजनलाई उत्कृष्ट पुरूष खेलाडीको अवार्ड […]
May 18, 2025
हिमाल खरेल, बिर्तामोड झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ श्रीलंकामा जारी एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए । झापा भद्रपुरकी त्रिशा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल समूहमा कास्य पदक जितेका हुन् । नरिकाले यसअघि दुबईमा भएको युथ समूहमा पनि कास्य पदक जितेकी थिइन् । नवौँ […]
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिका गुरुङ बागमती स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन्। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजना भएको स्पोर्टस अवार्ड बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा भएको थियो । कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै उनलाई १ लाख रुपैयाँ पनि […]