default_image

अन्य

May 27, 2020

विश्व पारा पावर लिफ्टिङमा नेपालका तीन खेलाडी सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ ले विश्व नै अक्रान्त भईरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्धेश्यले विश्व खेलकुद संस्थाहरुले विभिन्न कार्यक्रमलाई अनलाइनमार्फत अघि सार्दै आइरहेका छन् ।   यसै क्रममा विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेशनले पनि आफ्ना सदस्य राष्ट्रबीच खेलाडीहरुलाई क्रियाशिल राख्ने र खेल क्षमतालाई कमि हुन नदिने उद्धेश्यले अनलाईन प्रतिस्पर्धा गराएको छ । […]

May 27, 2020

फिजियोमा व्यस्त प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा होंगान्जी न्यु डायमण्डकी स्टार स्पाइकर प्रतिभा माली चोटबाट पुनरागमन गर्ने क्रममा शल्यक्रिया पछि हाल रिह्याबिलिटेसनमा (पुनर्स्थापना) व्यस्त छिन् । कोरोनाका कारण निम्तिएको विषम परिस्थितिमा उनको रिह्याब केहि प्रभावित भएपनि पछिल्लो समय भने उनी पूर्णरुपमा त्यसमै जुटेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको […]

May 24, 2020

एथलेटिक्सका अध्यक्ष शाहद्वारा करोड बढीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले आफू अध्यक्ष रहेको कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेशका विभिन्न जिल्लामा १ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरणको सहयोग गरेका छन् । अध्यक्ष शाहले जाजरकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतलाई शनिबार झन्डै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । यसरी हस्तान्तरण गरिएको […]

May 21, 2020

भलिबल दिवसमा संघको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले तेस्रो भलिबल दिवसको अवसरमा भलिबललाई माया गर्ने सम्पूर्णलाई शुभचिन्तकलाई शुभकामना दिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले झन्डै २ महिनादेखि लकडाउन गरेका कारण यसपटक भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नसकेकोे विज्ञप्तिमा उल्लेख गरेको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई […]

May 21, 2020

सरकारको लगानी विना उकालो लाग्दै भलिबल

‘भलिबल डे’ काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको आज (बिहीबार) तीन वर्ष पुरा हुँदै चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल भलिबल संघ (एनभिए) ले हरेक जेठ ८ गते लाई भलिबल दिवस ‘भलिबल डे’ को रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले झन्डै दुई […]

May 20, 2020

भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले भोलि (बिहीबार) भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बिहीबार भलिबल नेपालको राष्ट्रिय खेल भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दैछ ।  गतवर्ष नैकापस्थित न्यु डायमन्ड एकेडेमीमा भलिबल दिवस मनाउदै । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी […]

May 19, 2020

कराँते भिडियो च्यालेन्जमा थामी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।  थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको […]

May 18, 2020

सागका ६८ प्रशिक्षकको खातामा पुरस्कार रकम, ५४ को अझै बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले पाएको एक महिना पछि प्रशिक्षकले पुरस्कार रकम सोमबार प्राप्त गरेका छन् । यद्दपी सबै प्रशिक्षकल् भने पुरस्कार पाएका होइनन् । सागका १ सय १२ प्रशिक्षक मध्ये ६८ जनाले मात्र अहिले पुरस्कार पाएका छन् ।  पदक विजेता खेलाडीलाई सरकारले गत […]

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

May 16, 2020

धरान गल्फ कोर्षका क्याडीहरुलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – धरान गल्फ कोर्समा कार्यरत क्याडीहरुलाई शुक्रबार राहत वितरण गरिएको छ । नेपाल गल्फ संघ, सुनसनरी जिल्ला गल्फ संघ र धरान गल्फ कोर्षको सहकार्यमा उनीहरुलाई राहत वितरण गरिएको थियो । संघका अनुसार २४ क्याडीलाई राहत वितरण गरिएको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणाका कारण गरेको […]

Success

Thank you for your time.