default_image

अन्य

June 4, 2020

सञ्जय स्मृति प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री […]

June 4, 2020

खड्का भर्चुअल पुम्से च्याम्पियनसिपमा निर्णायक, ६ खेलाडी पनि सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा मनोनित भएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा  च्याम्पियनसिप हुन लागेको हो […]

June 4, 2020

गण्डकी प्रदेशको घोषणाले साग पदकधारी खेलाडीमा खुसी

विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]

June 2, 2020

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा […]

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]

May 31, 2020

खेलाडीलाई पारा तेक्वान्दो को सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पारा तेक्वान्दो समितिले काठमाडौं उपत्यकामा रहेको आफ्ना खेलाडीलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि आफ्नो खेलाडीलाई कठिनाइ भएपनि समितिले उनीहरुलाई सहयोग गरेको हो । उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना ७ खेलाडीलाई उनीहरु बसेको ठाँउ पुगेर […]

May 29, 2020

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन । सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको […]

May 28, 2020

नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीहरु एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन […]

May 28, 2020

युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ […]

May 27, 2020

नेपालले एसियन जुनियर अनलाईन चेस च्याम्पियसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एशियन चेस महासंघको आयोजनामा हुने एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुश्बु थापा, अनिषा न्यौपाने र कृतिसरा […]

Success

Thank you for your time.