November 11, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपलले नेपाल आउँदा आफू उत्साहित भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रपल सोमवार पहिलो पटक नेपाल आएका हुन् । जनकपुर बोल्ट्सले सोमवार साँझ राखेको पत्रकार सम्मेलनमा विश्व क्रिकेटका दिग्गज ब्याटर समेत रहेका चन्द्रपलले भने, ‘म यहाँ […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने भनिएको वार्ताको प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि नेपाल फुटबल खेलाडी संघले वार्ता बहिष्कार गरेको छ। साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। एन्फाले एक साता भित्र लिग गर्ने […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने वार्ताको प्रत्यक्ष प्रसारण गर्न नेपाल फुटबल खेलाडी संघले माग गरेको छ। साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। एन्फाले एक साता भित्र लिग गर्ने निश्चिततासहितको तालिका प्रस्तुत नगरे […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल,बिर्तामोड झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा विभागीय डर्बी एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो […]