default_image

popular

October 2, 2018

रोनाल्डोविनाको युभेन्टस योङ ब्वाइजसँग खेल्दै

टुरिन (एजेन्सी) – युइएफए च्याम्पियन्स लिगमा आज राति इटालियन क्लब युभेन्टसले स्वीस क्लब योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको  घरेलु मैदान एलियन्ज स्टेडियममा राति १०ः४० बजेपछि शुरु हुनेछ । समूह ‘एच’ अन्तर्गतको खेलमा युभेन्टस् ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंक जोड्न नसकेको योङ ब्वाइज पुछारमा छ । यस्तोमा युभेन्टस् योङ ब्वाइजलाई पराजित […]

October 2, 2018

यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएइ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको हो । नेपाली यू- १९ युएईको यू-१९ बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुवै टोली सुरुवाती दुइ खेलमा […]

October 2, 2018

बंगबन्धु कप : कस्तो छ रोहित र किरणबिना नेपाली टोली ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार बंगबन्धु कप अन्तर्गत पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । प्रतियोगिताका लागि नेपालले साफ च्याम्पियनसिपमा सहभागी टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ । राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टोलीमा छैनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै […]

Nepal vs Tajakistan

October 2, 2018

नेपाल विरुद्ध ताजिकिस्तान – सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार (आज)नेपालले ताजिकिस्तानको सामना गर्दैछ । नेपाल बंगबन्धु कपको साविक विजेता हो ।  नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । खेल हुने समय, स्थान […]

October 2, 2018

साफ यू-१८ महिला : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार नेपाल र बंगलादेश भिड्दै छन् । दुवै टोलीले सुरुआती खेल जितेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि रेखा पौडेल एक्लैले ७ गोल गरेकी थिइन् । अन्य गोल रश्मीकुमारी घिसिङ, मनिषा राउत, […]

October 2, 2018

मेसीलाई सन्यास लिन म्यारोडोनाको सुझाव

मेक्सिको (एजेन्सी)– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु पर्ने बताएका छन् । यसै वर्ष रसियामा सम्पन्न विश्व कपपछि बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् । अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । मेस्सीले विश्व कपमा १ गोल मात्र गर्न सकेका थिए । त्यहि […]

October 1, 2018

युथ ओलम्पिकमा नेपालले तीन खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । ३ खेलाडी र ३ अफिसियल गरी ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले विदाई गरे । असोज २० देखि कार्तिक १ गते ९अक्टोबर ६ देखि १८० सम्म […]

October 1, 2018

आर्मीकी विमला र एपिएफकी मिनु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र नेपाल एपीएफ क्लबकी मिनु गुरुङ राजधानीमा जारी विश्व महिला बक्सिङ प्रतियोगिताको लागि भएको छनोट खेलको फाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित बक्सिङ हलमा सोमबार भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहको सेमिफाइनलमा आर्मीकी विमलाले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । […]

October 1, 2018

‘फेरी बंगबन्धु कप जित्ने इच्छा छ ‘ – कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले नेपालले फेरी एकपटक बंगबन्धु कपको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । नेपालले मंगलबार प्रतियोगिताको पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । कप्तान बिराजले प्रतियोगितामा लय समात्न पहिलो खेल निकै महत्त्वपूर्ण हुने बताए । ‘हाम्रो लागि पहिलो खेल निकै महत्त्वपूर्ण छ । प्रशिक्षणका क्रममा हामीले फिटनेस पक्षमा […]

October 1, 2018

बंगबन्धु कप : आयोजक बंगलादेशको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले बंगबन्धु कपको उद्घाटन खेलमा लाओसलाई पराजित गरेको छ । सिल्हेट जिल्ला रंगशालामा भएको  पहिलो खेलमा बंगलादेश १-० ले विजयी रहयो । घरेलु टोलीका लागि बिप्लो अहमदले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षकको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यससँगै समूह […]

Success

Thank you for your time.