default_image

popular

September 24, 2018

बंगबन्धु गोल्डकपका लागि नेपाली टोलीको घोषणा, विशाल र तेज लाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-एक सातापछि शुरु हुने बंगबन्धु गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने निश्चित भएसँगै सोमबार २० सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टिममा अधिकांश खेलाडी बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेलेका खेलाडी रहेका छन् । नेपाली नम्वर एक गोलरक्ष […]

September 24, 2018

यू १८ स्कुल च्याम्पियनसिप : नेपालको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ । आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा सोमबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भयो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोलीको सेमिफाइनल यात्राको सम्भावना कमजोर बनेको छ ।  नेपाल पहिलो खेलमा थाइ्ल्याण्डसंग नेपाल २–० ले पराजित […]

September 24, 2018

माहिका र प्रेरणा फाइनलमा

ललितपुर (हाम्रो खेलकुद)-माहिका राणा र प्रेरणा कोइराला वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्स्को फाइनलमा प्रवेश गरेकी छन् । माहिकाले अभिलाषा विष्टलाई तथा प्रेरणाले मायांका राणालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ सेटमा पराजित गर्दै उपाधिनजिक पुगिन् । सोमबारै भएको […]

September 24, 2018

‘रोनाल्डो मानसिक रुपमा सबैभन्दा बलिया’ – एलेग्री

टुरीन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो मानसिक रुपमा निकै बलिया रहेको प्रतिक्रिया दिएका छन् । आइतबार इटालियन लिगमा फ्रोसिनोनेलाई २-० ले पराजित गरेपछि एलेग्रीले यस्तो भनेका हुन् । गत साता च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध खेलको ३० मिनेटमा नै रेड कार्ड खाँदै बाहिरिएका रोनाल्डोले फ्रोसिनोनेविरुद्ध भने टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । […]

September 24, 2018

पूर्व कप्तान क्षेत्रीको आत्मकथा आउँदै

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेखबहादुर (एलबी) क्षेत्रीको आत्मसंस्करण प्रकाशित हुने भएको छ । नेपाली खेलाडीको पहिलो आत्मकथाका रुपमा ओलम्पियन सुरेन्द्र हमालको पुस्तक प्रकाशन गरेको क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो । क्षेत्री उनै हुन, जसले आफू क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र ५ को अध्यक्ष हुँदा नेपालमा महिला क्रिकेटको सुरुवात गराएका थिए । […]

September 24, 2018

एन्फा निर्वाचनमा अनियमितता भएको कुँवरको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुबल संघ (एन्फा) को वैशाखमा भएको निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको आरोप एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले लगाएका छन् । कुँवरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनमा भएको अनियमितालाई ६ बुँदामा प्रस्तुत गरेका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङलगायतलाई निर्वाचन समितिलाई ज्यान मार्ने धम्की […]

September 24, 2018

मेसीको निर्णयले रोनाल्डो फसादमा

एजेन्सी – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यस सिजन रियल म्याड्रिड छोड्दै युभेन्ट्समा अनुबन्ध भएसंगै बार्सिलोनाका स्टार लियोन मेसीसँगको लडाईं केहि हदसम्म कम हुने देखिएको छ । झन्डै एक दशक स्पेनिस लिगमा रोनाल्डो र मेसीले आफ्नो रियल र बार्सिलोनामा आमने-सामने हुँदै मैदानमा भिडे । उनीहरुले सधै व्यक्तिगत पुरस्कारसँगै क्लबको सफलताका लागि खेले । ब्यालोन डी’ओरकै […]

Hazard Salah

September 24, 2018

सलाहलाई उछिन्न् हाजार्ड तयार

इंग्ल्यान्ड (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा अहिले व्यक्तिगत रुपमा सर्वाधिक सफल खेलाडी छन् ति की मोहमद सलाह हुन् नत्र  इडेन हाजार्ड । फिफाको द बेस्टको मनोनयनमा परेका सलाहलाई हाजार्डले उत्कृष्ट श्रेणीमा स्थान बनाउन चुनौती दिइरहेका छन् । यसै साता लिभरपुलले शनिबार साउथह्याम्पटनविरुद्ध ३–० ले जित निकाल्दा सलाहले एक गोल गरेका थिए । पाँच खेल खेल्दा दुई गोल […]

September 24, 2018

बार्सिलोना जिरोनासँग हारबाट जोगियो

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार १० खेलाडीमा सिमित क्याटलान क्लब बार्सिलोनाले जिरोनासँग २–२ बराबरी खेल्दै अंक बाँडन बाध्य भएको छ । एक समय खेलमा अग्रता लिएको बार्सिलोना पछि परेको अवस्था उल्ट्याएर बराबरी खेल्दै अंक खोस्न सफल भएका हो । बार्सिलोनालाई हारबाट जोगाउन डिफेन्डर जेरार्ड पिकेले गोल गरेका थिए जोगाए । घरेलु मैदान […]

September 24, 2018

युभेन्टसको जितमा रोनाल्डोको गोल

रोम (एजेन्सी) – युभेन्टसले् इटालियन सिरी ‘ए’ फुटबलमा अपराजित यात्रालाई कायमै राखेका छ । सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई २–० ले पराजित गर्दैै युभेले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । युभेन्टसको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नार्डेस्कीले गोल गरे । फ्रोसिनोनेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल खेलको अन्तिम […]

Success

Thank you for your time.