default_image

popular

January 3, 2017

सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता रविन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको एक सय केजी समूहमा स्वर्ण जितेका रविन श्रेष्ठलाई मध्यपुर कौशलटारस्थित आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयले नगदसहित सम्मान गरेको छ । विद्यालय, परिवार, टोल, जिल्ला, समग्र खेल जगत तथा राष्ट्रको गरिमा बढाउन सफल भएको भन्दै मंगलबार विद्यालयले उनलाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान […]

Dele alli

January 3, 2017

रियल मड्रिड टोटेनह्यामका मिडफिल्डर अल्ली ताक्दै

स्पेन (एजेन्सी)–‘ट्रान्सफर विन्डो’ खुले लगतै खेलाडीहरु यता जाने र उता जाने भन्दै हल्ला चल्न थाल्छन् । त्यसमध्ये केहि मात्र वास्तविक हुन्छन् । हाल रियल मड्रिडले टोटेनह्यामका स्टार डेले अल्ली लाई भित्राउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मड्रिडमाथि खेलाडी ट्रान्सफरमा लगाइएको प्रतिबन्धका कारण यही जनवरीमा अल्लीलाई भित्राउन नपाएपनी आउँदो सिजन उनलाई ल्याउने मड्रिडको दाउ छ […]

sojit-gurugun

January 3, 2017

भारतको दिल्ली यूनाइटेडलाई हराउदै साहारा हेटौंडा गोल्डकपको सेमिफाइनलमा

मकवानपुर(हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा पोखराको साहारा क्लव सेमीफाइनल प्रवेश गरेको छ । मङ्गलबार दिल्ली यूनाइटेड एफसी भारतलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै साहाराले सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकर मार्फत निर्णय लिइएको थियो । खेलको ३९ […]

January 3, 2017

आयोजक फिदिम फाल्गुनन्द गोल्डकप सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्र्पोटिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार फ्यान्स क्लब बिआरसी भुटानलाई २–० गोलले हराउदै फिदिमले विर्ता युनाइटेड क्लब झापा संगको सेमिफाइनल भेट पक्का गरेको छ । अघिल्लो दिनमात्र रुपन्देही ११ संग पराजित हुदै काकरभित्ता गोल्ड कप बाट बाहिरिएको भुटानी क्लब पाँचथरमा पनि पहिलो खेलबाटै बाहिरीएको […]

January 3, 2017

एपिएफ काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा

काँकरभिट्टा– सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटालाई १–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । १७ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । टुबोर्ग हेटौंडा गोल्डकपको पहिलो खेलमै पराजित भएर झापा पुगेको थियो । सातौं राष्ट्रिय खेलकुदमा च्याम्पियन […]

warner

January 3, 2017

अष्ट्रेलियन मैदानमा वार्नरले रचे नयाँ कीर्तिमान

सिडनी (एजेन्सी) – पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा ‘लन्च ब्रेक’ अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन । अष्ट्रेलियाको सिडनी क्रीकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका छन । यसाघी […]

January 2, 2017

लिभरपुल सन्डरल्यान्डसँग बराबरीमा रोकियो

सन्डरल्यान्ड (एजेन्सी)– जेरमाइन डेफोले पेनाल्टीमा दुई गोल गर्दा खेलमा सन्डरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्षस्थानको चेल्सीसँगको अंक दुरीलाई ३ मा घटाउने मौका गुमाएको छ । प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले दुई पटकको अग्रतालाई जोगाउन सकेन । डानियल स्टुरिजले १९ औं मिनेटमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएपछि २५ औं मिनेटमा डेफोले बराबरी गोल गरेका थिए […]

January 2, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर (एजेन्सी)– दस खेलाडीमा सिमित हुनुका वावजुद म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सोमबार बर्नलीलाई २–१ ले हराएको छ । अर्को खेलमा लिभरपुल २–२ को बराबरीमा रोकिएपनि सिटी तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको चेल्सीभन्दा एक खेल बढी खेलेको सिटी अझै ७ अंकले पछाडी छ भने बराबरी २० खेल खेलेको दोस्रो स्थानको लिभरपुलभन्दा २ अंकले पछाडी […]

January 2, 2017

रुपन्देही–११ काँकरभिट्टा गोल्डकपः सेमिफाइनलमा

काँकरभिट्टा (हाम्रो खेलकुद) – रुपन्देही ११ काँकरभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटानको फ्यान्स क्लब बिआरसीलाई ३–१ ले हराउँदै रुपन्देही काँकरभिट्टा गोल्डकप दोस्रो संस्करणको अन्तिम चारमा पुगेको हो । रुपन्देहीको जितमा दीपक राईले २ र लक्ष्मण रुचालले १ गोल गरेका थिए । बिआरसीका लागि रमेश केसीले गोल फर्काएका थिए […]

January 2, 2017

सिएमजी क्लब संकटा टुबोर्ग हेटौंडा गोल्डकपको क्वार्टरफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा क्लब काठमाडौंले टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगितामा भुटानको डुकस्टार फुटबल क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । संकटाले सेमिफाइनल प्रवेशका लागि बुधबार नेपाल आर्मीको सामना गर्नेछ […]

Success

Thank you for your time.