default_image

popular

January 5, 2017

साहारालाई पाखा लगाउदै मनाङ फाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १-०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफ़िज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो। डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो […]

January 5, 2017

पारसले टिम चौराहा धनगढीको नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सूदुपश्चिममा यसै बर्ष आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा भाग लिने ६ टोली, तीनको कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरिएको छ । आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ । […]

real-mdrid

January 5, 2017

कोपा डेल रेमा रियल मड्रिड विजयी, रोड्रिग्वेजको दुइ गोल

मड्रिड (एजेन्सी) – कोपा डेल रेको अन्तिम १६को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लामाथि ३-० को अग्रता कायम गर्न सफल भएको छ । हामेज रोड्रिग्वेजको दुइ गोल र राफेल भरानको १ गोलले मड्रिडले आफ्नो हार बिनाको यात्रा ३८ खेलमा पुर्‍याउदै २०१७ को पहिलो खेलमा सुखद सुरुआत गरेको हो । पहिलो हाफको ११ मिनेटमा २० यार्डबाटको रोड्रिग्वेजको […]

January 5, 2017

भारतलाई महिला साफ च्याम्पियनसिप उपाधि

सिलगुढी÷भारत (एजेन्सी)– भारतले लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । सिलगुढीको कञ्चनजंगा रंगशालामा बंगलादेशलाई ३–१ ले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । डाङमेइ ग्रेस, सुस्मिता मलिक र इन्दुुमतीले गोल गरेपछि भारतले जितको आधार तयार पारेको थियो । डाङमेइले १२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएपछि पहिलो हाफमै बंगलादेशकी सिरात […]

January 5, 2017

कीर्तिमानबाट चुक्यो चेल्सी, अल्लीको गोलमा टोटेनह्यामको जित

टोटेनह्याम (एजेन्सी)– डेले अल्लीले हेडमार्फत दुई गोल गरेपछि टोटेनह्यामले बिहीबार प्रिमियर लिगमा चेल्सीमाथि २–० को यादगार जित हासिल गरेको छ । अल्लीले दुई हाफमा एक एक गोल गरेपछि पछिल्ला १४ भेटमा टोटेनह्यामले चेल्सीमाथि दोस्रो जित दर्ता गरेको थियो । चेल्सीले बिहीबारको खेल जितेको भए एकै सिजन लगातार १४ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गर्ने थियो […]

January 4, 2017

कप्तानबाट धोनीको राजीनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका धोनीले छोटो संरचनाको क्रिकेट भने जारी राखेका थिए। उनको अनुपस्थितिमा विराट कोहलीले टेष्टमा भारतको कप्तानी गरिरहेका छन्। धोनीले एकदिवसीय र टि-२०बाट राजिनामा दिएपछि कोहलीनै कप्तान बन्ने लगभग पक्का देखिएको छ। धोनीले कप्तानीमात्र […]

samana

January 4, 2017

त्रिवेणी कपको उपाधि सामान युवा क्लवलाई

लमजुङ (हाम्रो खेलकुद) – त्रिवेणी कपको फाइनलमा आयोजक त्रिवेणी युथक्लव रातोलाई २-० ले हराउदै सामान युवा क्लव, तनहुँले २५ औं त्रिवेणीकपको उपाधी जितेको हो । सामान युवा क्लव को जितमा सन्तबहादुर गुरुङले दुइ गोल गरेका थिए । खेलको दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका सन्तबहादुरले २६ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए । बिजेत […]

airee

January 4, 2017

क्याची एसएसपी कपमा ग्रेस वीरेन्द्र र नेपाल पोलिटेक्निक कलेज विजयी

राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप २०१७ को आजको भएको दुई खेलमा ग्रेस वीरेन्द्र, भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् । समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्र, भरतपुरले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको […]

January 4, 2017

ताप्लेजुङ फागुनन्द गोल्डकपको सेमिफाइनलमा,चर्च ब्याइज बाहिरियो

दिपक बोहोरा पाँचथर– कर्ण सिं सोनाम क्लब ताप्लेजुङ फिदिम पाँचथरमा जारी आठौं फागुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । चर्च ब्याइज काठमाडौंलाई बुधबार ६–१ फराकिलो अन्तरले हराउँदै साविक विजेता समेत रहेको कर्ण सिं सोनाम क्लब अन्तिम चारमा पुगेको हो । अब टोलीले सेमिफाइनलमा एलाभेन एरोज सुनसरी सँग प्रतिस्पर्धा गर्नेछ । फिदिम उच्च मावि मैदानमा भएको खेलमा […]

January 4, 2017

आर्मी टुबोर्ग हेटौंडा गोल्डकपको सेमिफाइनलमा , नवयुग र दीपको गोल

हेटौंडा (हाम्रो खेलकुद)–त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगितामा बुधबारको अन्तिम क्वार्टरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि सिएमजी क्लब संकटालाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । संकटा अघिल्लो दिनमात्र अर्को विभागिय टोली एपिएफसँग १–० ले […]

Success

Thank you for your time.