default_image

Racquet

February 9, 2023

प्रिन्स र विष्णु क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एकलतर्फ बिष्णुले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१–१०, १५–२१ र २५–२३ को जित निकाल्यो । यस्तै प्रिन्सले आर्मीकै हिमाल चन्दमाथि २१–१४ र २१–७ को […]

February 6, 2023

रायनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् । पहिलो दिन गल्र्स सिंगल्समा रायनासहित ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा रायनाले मात्र जित […]

February 6, 2023

राजेन्द्र र नदिम थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन मास्टर्स टेबल टेनिस प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चोनबुरी प्रस्थान गरेको छ । फेब्रुअरी ४ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा राजेन्द्र वज्राचार्य र नदिम शाक्यले प्रतिस्पर्धा गर्ने छन् । दुवैले भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खेल्ने छन् । व्यवस्थापकमा जुबन तण्डुकार छन् । […]

February 4, 2023

नविता र विनेशलाई सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबकाद्धय नविता श्रेष्ठ र विनेश खनियाँले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । विनेश पुरुषतर्फ र नविता महिला एकलमा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा विनेशले भारतको ग्लोबल टेबल टेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, […]

February 4, 2023

देवसिस र मार्तालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे […]

February 3, 2023

नवीता र रविना फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् […]

February 3, 2023

अकी र आरभलाई डबल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे । […]

February 2, 2023

कपुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन […]

February 2, 2023

अकी र आरभको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा अपराजित रहँदै बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा […]

February 1, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसमा गुजरातलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरात टेबल टेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा बुधबार स्वर्ण जितेको छ । सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिको मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित ग¥यो । डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ […]

Success

Thank you for your time.