default_image

Racquet

May 23, 2022

बोधित र वियंकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो भएका हुन् । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे । […]

May 22, 2022

युवराज र स्मृति पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र […]

May 22, 2022

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ […]

May 16, 2022

टेनिसका पूर्व अध्यक्ष लामाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको आइतबार निधन भएको छ । उनको ९५ वर्षको उमेरमा निधन भएको नेपाल टेनिस संघले जनाएको छ । लामा करिब दुई साता अघिदेखि स्वास्थ्यमा कठिनाई आइपछि मनमोहन अस्पतालमा आइसियुमा उपचार गराइरहेका थिए । स्व. लामाको सोमबार स्यवम्भूमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको टेनिस संघले जनाएको […]

May 16, 2022

प्रशंसालाई दुई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा दुई रजत पदक जितेकी छन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् । प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासंग ६–३ र ६–१ ले […]

May 16, 2022

पदक विजेता टेबल टेनिसलाई बधाई र स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई […]

May 15, 2022

भारतले थोमस कप जित्दै ब्याडमिन्टनमा नयाँ इतिहास रच्यो

एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ । ३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र […]

May 10, 2022

नेपाल टेबल टेनिसको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाली क्याडेट गल्र्स टिमले श्रीलङ्कन क्याडेट गल्र्स टिमलाई सेमिफाईनलमा ३–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । अब नेपाली टोलीले उपाधीका लागि भारतको सामना […]

May 5, 2022

टेबल टेनिस टोली माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् । खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का […]

April 30, 2022

एशियाड – ब्याडमिन्टनबाट १४ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनोट सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिलातर्फ ७–७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी […]

Success

Thank you for your time.