October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल ब्याडमिन्टन संघले बुधबार खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नविनबिक्रम शाहले जानकारी गराए । वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट पहिलो […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुरियर वरियतामा ठूलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ३९ औं स्थानमा रहेका छन् । यो उनको अहिले सम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ५८ औं स्थानमा थिए । […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आशा बढेको बताएका छन् । आइतबार मात्र सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेका कारण योन्जन उत्साहित भएका हुन् । सिरिजमा नेपालले १ स्वर्ण, १ रजत र ६ कास्य […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए । सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोटमा शतप्रतिशत जित निकाल्दै नेपालमा आसन्न मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेवलटेनिसबाट छनोट भएकी छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म चलेको छनोटमा महिला र पुरुषमा समान ५–५ गरी १० खेलाडी छनोट भएको हो । महिलामा नवितासहित ५ खेलाडी रविना […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष÷महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ । सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए । महिलामा एपीएफकी […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल राजधानीमा जारी योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तरगतको पुरुष एकलमा सेमिफाइनलमा पुग्ने एक्ला नेपाली खेलाडी बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पुरुष एकलमा युवा स्टार प्रिन्सले नेपालकै नवीन श्रेष्ठलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्ने एक्ला नेपाली […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन स्टार रत्नजित तामाङ, दिपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङले नेपालकै विष्णु कटवालाई २१–७ र २१–१२ को सोझो सेटमा हराएर अन्तिम आठमा […]
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसका तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ दुर्घटनामा परेका छन् । नयाँ बानेश्वरबाट मैतीदेवीस्थित कलेज जाँदै गर्दा बा १ ज ८८३१ नम्वरको माइक्रो बसले स्यान्टु सवार बा ९२ प ५०८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा स्यान्टु घाइते हुन पुगेका हुन् । घटना बिहान ११ बजे भएको हो । उनको दायाँ खुट्टामा चोट […]