default_image

विचार

August 11, 2022

सर्वकालिन सम्मानले दिएको सन्देश

दामोदर (बद्री) भट्टराई नेपाली खेलकुद बृत्तमा हाम्रो खेलकुद डट कम परिचित नाम हो । सम्पादक प्रकाश तिमल्सिना तथा युवा पत्रकार एवम् सुदिप मिडियाका अध्यक्ष सुबास हुमागाईंको पत्रकारिता उम्दा देखिदै आएको सत्यतता पनि हो । खेल पत्रकारको अघिल्लो पुस्तामा प्रकाश तिमिल्सिनाको पहिचान र नयाँ पुस्तामा सुबास हुमागाईंको स्थान धेरैका लागि चुनौती पनि हो । प्रतिस्पर्धा पनि […]

August 1, 2022

अब समाधान खोज्ने तिर पनि लाग्ने कि?

विक्रम लामा कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समुहमा अग्रपङ्तीमा रहन्थ्यौं । त्यस समय भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं। विस्तारै खेलाडीहरु सिनियर टिममा खेल्दै जादा हामी कमजोर हुदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो। तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थ्यो। उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै […]

July 14, 2022

एन्फा अध्यक्ष नेम्बाङलाई चुनौतीसँगै अवसर पनि

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो ६ वर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तीन पटक परिवर्तन भइसकेको छ । यो नियमित परिवर्तनअघि भने गणेश थापाले दुई दशक भन्दा लामो समय एन्फाको नेतृत्व सम्हालेका थिए । थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि उनकै कार्यसमितिमा रहेर विभिन्न भूमिकामा काम गरेका मध्य तीन जना पालैपालो नेतृत्वमा […]

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

August 28, 2021

नेपाली फुटबलमा जावलाखेल : गौरवशाली इतिहाससँगै व्यावसायिक प्रयास

पवन गिरी, महासचिव – जावलाखेल युथ क्लब नेपाली फुटबलको इतिहास जति पुरानो छ, त्यसकै छेउछाउमा पुग्छ, जावलाखेल युथ क्लबको इतिहास पनि । त्यसैले पनि जावलाखेल उल्लेख नगर्दा नेपाली फुटबलको इतिहास अधुरै हुन्छ । नेपालमा खेलिने अन्य धेरै खेल जस्तै फुटबलको सुरुआतमा पनि राणा शासनकै बेला भएको थियो । त्यसको स्थापनामा राणा परिवारकै योगदान छ । […]

August 4, 2021

पारस ‘मैदान भित्र र बाहिर’

पवित्रा राउत, काठमाडौं पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । त्यो पनि कोरोना महामारीको समयमा, कुनै खेल मैदानबाट नभई सामाजिक सन्जालबाट । पारसका लाखौं समर्थकले उनको सन्न्यासको पल, जुन हरेक फ्यानले हेर्न चाहन्छ, त्यो महसुस गर्न पाएनन् । यो खबरले अरुसँगै मलाइ पनि नरमाईलो लाग्यो । अब राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइने छैन । कप्तानी […]

July 2, 2021

खेलकुद पत्रकार दिवस र थला परेको खेलकुद

सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस–२०२१ सुमन अधिकारी आज जुलाई २ तारिख, विश्व खेलकुद पत्रकार दिवस । खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसायिकताको वकालत गर्दै विश्वभरि खेल क्षेत्रले यो दिवस मनाउने गर्दछ । सन् १९९४ बाट यो दिवस मनाउन थालिएको हो । इन्टरनेसनल स्पोर्टस् प्रेस एसोसिएसन स्थापना भएको दिनलाई सम्झेर सन् १९९४ देखि यो दिवस मनाउन […]

May 30, 2021

आधुनिक फुटबल भनेको आक्रमक फुटबल नै हो !

बद्री भट्टराई, काठमाडौं नेपालले गए राती एसियालको बलियो टोली मध्येको इराकसँग उसकै भूमिमा मैत्रीपूर्ण खेल खेल्यो । खेल सुरु भएको ७ मिनेट भित्र नेपाल र इराकले समान १–१ गोल गरिसकेका थिए । इराकले फ्रिककिकमा गोल गरेको केहि सेकेण्डमा नै नेपालको तर्फबाट गोल पनि भयो । अन्जन विष्टको प्रहार क्लियर गर्ने प्रयासमा इराकी खेलाडीले आफ्नै पोष्टमा […]

May 29, 2021

प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

प्रकाश तिमल्सिना, काठमाडौं इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् । विश्व कप २०२२ र […]

May 27, 2021

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबल अप्रत्यासित र अस्थिर छ । फुटबलको आउने दिन कसरी अघि बढ्छ कसैले यकिन साथ भन्न सक्दैन । अस्थिर हुनुका थुप्रै कारण हुन सक्छन् । न त त्यसको गहिरो अध्ययन भएको छ न विश्लेषण । सरसर्ती हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द्वले घरेलु फुटबलको क्यालेन्डर पूरै […]

Success

Thank you for your time.