default_image

भलिबल

July 1, 2024

म्याग्दी काली र छन्त्याललाई भलिबल उपाधि

मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला […]

June 29, 2024

गण्डकीका विश्वास र बागमतीकी जेनिशा सर्वोत्कृष्ट

काठमाडौ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए । […]

June 29, 2024

गण्डकी र बागमतीलाई यू१९ भलिबल उपाधि

काठमाडौ (हाम्रो खेलकुद – गण्डकी प्रदेश र बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । गण्डकी पुरुषमा तथा बागमती महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल […]

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

June 19, 2024

लुम्बिनी प्रदेश यु–१९ महिला टोलीको छनोट

सुमन अधिकारी, बुटवल नेपाल भलिबल संघको आयोजनामा असार ९ गतेबाट काठमाडौंमा सुरु हुने प्रथम सहाना प्रधान यु १९ महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको १२ सदस्यीय महिला टोलीको बुटवलमा छनोट भएको‌ छ । प्रदेश भलिबल संघको अनुगमनमा संघका उपाध्यक्ष यम गुरुङ, रेफ्रि बुद्धि बशस्यालसहितको उपस्थितिमा भएको छनौटमा विभिन्न जिल्लाबाट सहभागी २८ जनाबाट टोलीको […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

June 8, 2024

मुवासर र उषा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर मुवासर राजा वाटो र नेपाल पुलिस क्लबकी उषा भण्डारी आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । मुवासर र उषाले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । मुवासर र उषाले खेल अवधिभर सानदार प्रदर्शन […]

June 8, 2024

गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै साविक विजेता टिप टप हेल्प नेपाल आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा नेपालीसँगै भारतीय […]

June 8, 2024

एभरेस्टलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब आठौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ च्याम्पियन बनेको छ । शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित […]

June 8, 2024

पुलिसलाई पुरुषतर्फ तेस्रो स्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं पिएम कप लिगको पुरुषतर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै एपिएफ तेस्रो भएको हो । पुलिसले आर्मी माथि ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो […]

Success

Thank you for your time.