default_image

6 years ago

April 11, 2020

‘फुटबलले जीवन बुझायो’ – विराज महर्जन

363 views

0 Bookmark

कप्तान कथन

विराज महर्जन, कप्तान – नेपाली राष्ट्रिय फुटबल टोली

खेल्ने त आखिर स्कूले विद्यार्थी हुँदादेखि नै त हो । स्कुलमा अरु खेल पनि हुन्थ्यो । तर मन भने फुटबलमै बस्यो । घरमा पनि फुटबलकै वातावरण भएर होला । ठूलो बुवा, काका, दाइ सबै फुटबल खेलाडी भएकाले पनि मेरो मन पनि यसमै बस्यो ।

फुर्सद भयो कि साथीहरुसँग फुटबल नै खेलिन्थ्यो । ठूलोबुबा मचाकाजी महर्जन आरसिटी, काका रत्नकाजी एपिएफ तथा दाइ एन्फाको पहिलो ब्याजको खेलाडी भएकाले पनि फुटबल प्रति लगाव बढ्यो । त्यसमाथि बुवाले दाइ र मलाई जहिले राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी बनाउने भन्नुहुन्थ्यो । त्यसले पनि थप उर्जा दियो ।

अहिले पो डिफेन्डर भनेर पोजिसनमा खेलिन्छ त पहिले त कहाँ थाहा हुनु । बाल्यकालमा त अघि पनि खेलियो, पछि पनि पुगियो । जता बल पुग्छ त्यतै कुदियो । २०४७ सालमा दाइ एन्फामा छनौट भएपछि मेरो पनि व्यवस्थित तरिकाले खेल्ने चाह बढ्यो । दाइले उमेर समूहमा त खेल्नु भयो तर चोटका कारण सिनियर टोलीमा पर्न सक्नु भएन ।

२०५७ सालमा म पनि एन्फा एकेडेमा छनौट भएँ । त्यसपछि मात्रै पोजिसनमा खेल्न थालेँ । स्कुले प्रतिस्पर्धामा पनि भाग लिइयो । व्यावसायिक फुटबल खेल्न थालेको भनेको २०६३ सालदेखि नै हो । त्यसबेला म महिनाको साढे सात हजार पारिश्रमिकमा संकटा क्लबमा अनुबन्धित भएँ । अर्को वर्ष एनआरटी गएँ । तीन वर्ष एनआरटीबाट खेलेपछि २०६७ सालमा थ्री स्टारमा पुगियो । २०७२ देखि चाहिँ मनाङ मर्स्याङ्दी क्लब गएँ । अहिले मछिन्द्रको जर्सीमा खेल्दैछु ।

राष्ट्रिय टोलीको कुरा गर्दा एन्फामा छनोट भएदेखि नै खेल्न थालियो । सबै उमेर समूहका प्रतिस्पर्धामा भाग लिएँ । सिनियर टोलीमा डेब्यु भने सन् २००८ मा पोखरामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलबाट गरें । दुईवटा खेल भएको थियो, एउटा जितियो, एउटामा हारियो । गोलअन्तरमा हामी पछि पर्यौं । त्यसबेला राकेश श्रेष्ठ दाइ कप्तान हुनुहुन्थ्यो ।

त्यसबेलादेखि राष्ट्रिय टोलीबाट खेलिरहेको छु । अहिलेसम्म ६८ खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको छु । १० वर्षदेखि राष्ट्रिय टोलीमा रहेपनि पछिल्लो तीन वर्षमा धेरै सिक्ने मौका पाएको छु । ति १० वर्ष सामान्य खेलाडीको रुपमा खेलियो । पछिल्लो तीन वर्षदेखि भने कप्तान बनेको छु । जिम्मेवारी बढेको छ ।

कप्तान हुँदा टोलीका खेलाडी, प्रशिक्षक र अधिकारी सबैलाई जोड्न पर्ने रहेछ । आफ्नो कुरामा मात्रै होइन टोलीकै कुरामा ध्यान दिनु पर्ने, यसले मलाई थप वयस्क बनाएको छ । यसमा टोलीका खेलाडीहरुले पनि साथ दिएका छन् । रोहित चन्द, भरत खवास, विक्रम लामा, किरण चेम्जोङ सबैले राम्रो साथ दिएका छन् । यस्तै हामी भन्दा जुनियर भाइहरु बिमल, अन्जन, अनन्तले पनि राम्रो गरिरहेका छन् ।

आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद र बंगबन्धु गोल्डकपको उपाधि उचाल्न पाउँदाको खुसी निकै अग्लो छ । जितपछि गीत गाइयो, नाचियो । रमाइलो गरियो । तर पछिल्लो समय उपाधि जित्न सकिएको छैन । घरेलु लिग हुन सकेको छैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि निकै कम भएका छन् । भएको एउटा रंगशालमा पनि भूकम्पले पुनर्निर्माण हुन निकै समय लाग्यो ।

मेरो त घर नै त्रिपुरेश्वर भएकाले त्यहि रंगशालमा र वरपर खेलेर हुर्कियो । त्यसैले फुटबल सिकायो । त्यत्रो समय भत्केको देख्दा नराम्रो लाग्यो । मलाई त जीवन सिकाएको भनेको नै फुटबलले हो । जीवन सिकाउने फुटबलकै जीवन भत्केको जस्तो लाग्छ अहिले । अझै एक दुई वर्ष घरेलु लिग भएन वा रंगशाल बनेन भने खेलाडी पलायन हुने अवस्था आउँछ ।

फुटबलमा नलागेको भए कुवाको भ्यागुतो जस्तो हुन्थेँ होला । काठमाडौँबाट बाहिर भक्तपुर पनि गएको थिइनँ । फुटबलले जीवन नै परिवर्तन गर्यो । विश्व देख्ने मौका पाएँ । जीवन बुझायो । अहिले पनि खेलेर मात्रै जीवन बिताउन सजिलो छैन । बाहिरबाट आउनेलाई असजिलो छ । अहिलेका युवा खेलाडी बाहिर पनि जान सक्ने भएका छन् तर खेल्न नपाएकाले गाह्रो छ । दुःख लाग्छ अझै यो अन्यौलता लम्बियो भने पलायन हुन बाध्य हुनेछन् ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

अनिल गुरुङ -‘फुटबलबाट नाम र दाम दुवै कमाए’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.