default_image

ताजा समाचारहरु

May 16, 2018

झापामा सनसाइन महिला फुटबल यहि साता सुरु हुने

सबिन लिम्बु (सेर्मा) झापा – सनसाइन महिला फुटबल प्रतियोगिता यहि साता सुरु हुने भएको छ । सनसाइन फुटबल क्लब धुलाबारीले महिला खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शनिबारदेखि प्रतियोगिता आयोजना गरिएको क्लबकी अध्यक्ष अध्यक्ष अष्मिता खवासले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । नकआउटका आधारमा बैशाख १२ गते सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । […]

hart

May 16, 2018

हार्ट इङल्याण्डको टोलीमा परेनन्

लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्।  जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको  पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर […]

May 16, 2018

आइपिएलमा राजस्थानमाथि कोलकाताको जित

कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ […]

May 15, 2018

उदयपुर गोल्डकप पुलिस सुनसरीसँग स्तब्ध

गाईघाट (हाम्रो खेलकुद) – दमक गोल्डकप विजेता नेपाल पुलिस क्लब रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ । थरुहट रंगशाला गाईंघाटमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा पुलिस सुनसरी–११ सँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा […]

May 15, 2018

लेजेण्ड मणीलाई अन्तिम बिदाई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलले अहिलेसम्म पाएका मध्ये सबैभन्दा छरिता स्ट्राइकर मणि विक्रम शाहको असमायिक निधनले नेपाली खेलकुद नै स्तब्ध बनेको छ । आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका उनै नेपाली फुटबलका महान् हस्ती शाहको सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको असमायिक निधन भएपनि उनले नेपाली फुटबललाई सम्झना […]

bharat khawas

May 15, 2018

फुटबलर भरत १ महिना मैदान बाहिर रहने

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले कम्तीमा एक महिना मैदान बाहिर रहनु पर्ने भएको छ । झन्डै डेढ बर्षअघि हातमा राखिएको स्टिल सोमबार निकालेपछि उनले कम्तीमा एक महिना आराम गर्नुपर्ने बताइएको छ । मलेसियामा डेढ बर्षअघि भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको प्रशिक्षण दौरान उनको हात भाचिएको थियो । […]

Nepal Police Club

May 15, 2018

पुलिस दोहोरो उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहोरो उपाधिनजिक प्रवेश गरेका छन् । पुलिस पुरुष र महिला दुवै तर्फको फाइनलमा प्रवेश गरेका हुन् । रोल्पाको सदरमुकाम लिवाङमा भएको पुरुषतर्फको सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिनजिक […]

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]

May 15, 2018

‘नेयमार पेरिसमा खुसी छ्न् की छैनन् थाहा छैन’ – रोनाल्डो

पेरिस (एजेन्सी)– ब्राजिलियन महान खेलाडी रोनाल्डोको भनाईले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य थप शंकामा परेको छ । रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छैन, नेयमार पेरिसमा खुसी छन् की छैनन् । ‘ पिएसजीमा एक सिजन नबित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको छ । उनी अर्को सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा चलेको छ […]

May 15, 2018

टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार […]

Success

Thank you for your time.