October 10, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- खेलाडी र खेलकर्मीलाई सम्मान गर्न नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड मंसिर १८ गते हुने बताइएको छ।२०७३ मा स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको जनाइएको छ। अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले […]
October 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय टोलीकी उप कप्तान पूजा महतोसहित ६ खेलाडीले मलेसियामा एनसिए वमन इन्टर स्टेट टि ट्वान्टी च्याम्पियनसिप खेल्ने भएका छन्। ६ नेपाली खेलाडीले २ टोलीबाट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पूजासहित राष्ट्रिय टोलीकी पूर्व कप्तान रुविना क्षेत्री र कविता कुँवरले सारावक क्रिकेट एसोसिएसनबाट […]
October 10, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल र जापानका लागि ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकसँगको आफ्नो पहिलो खेल वार्म अप जस्तै भएको छ। नेपाल र जापान दुबैले कुवेतलाई हराउँदै विश्व कप छनोटको यात्रा सुरु गरेका थिए। नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ। नेपाल र […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यु २३ टोली सहभागी हुने प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइने विराटनगर किंग्सले जनाएको छ। प्रतियोगिता असोज […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र घरेलु टोली भियतनामबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो। ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे। तर नेपाल यो अग्रता तोड्न सफल रहयो। १७ औं मिनेटमा रोहन […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निरीक्षण गरेका छन्। निरीक्षणपछि मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। स्टेडियम सबैका लागि महत्वपूर्ण भएकाले छिटोभन्दा छिटो निर्माण पूरा गरी हस्तान्तरण गर्न उनले निर्माण कम्पनीलाई निर्देशन दिएको […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज भियतनामको सामना गर्दैछ। तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी भियतनाम विरूद्ध नेपाल २२ वर्षपछि खेल्दैछ। सन् २००४ को एसियन कप छनोटमा नेपालले भियतनामसँग दुई खेल खेलेको थियो। त्यति बेला नेपाल पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० पराजित भएको थियो। नेपाली टोलीलाई जितको खुसी दिने […]
October 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज विभागमा आयोजित कार्यक्रममा टिकटमा टाँचा लगाएर सार्वजनिक हुलाक टिकट सार्वजनिक गरेका हुन्। विश्व हुलाक दिवस २०२५ को अवसरमा सार्वजनिक गरिएको टिकटमा आइसिसी पुरुष […]
October 8, 2025
मस्कट(हाम्रो खेलकुद) – नेपालले आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा इएपी छनोटमा विजयी सुरुवात गरेको छ। ओमानमा बुधवार सुरु भएको छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै नेपालले जितका साथ यात्रा सुरु गरेको हो । जित्नलाई १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर […]