default_image

ताजा समाचारहरु

October 22, 2017

भारत र न्युजिल्यान्डबीच पहिलो एक दिवसिय आज, कोहलीको २ सयौं एक दिवसिय खेल

मुम्बई (एजेन्सी)– घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै आइरहेको भारतीय क्रिकेट टोलीले आज न्युजिल्यान्डविरुद्ध पहिलो एक दिवसिय खेल्दैछ । आजको दिवा रात्री खेल मुम्बईको वाङखडे मैदानमा हुँदैछ ।   भारतले हालै घरेलु भूमिमा भएको पाँच एक दिवसिय श्रृखंलामा अस्ट्रेलियालाई ४–१ ले हराएको थियो । त्यहि सफलतालाई निरन्तरता दिने प्रयासमा रहने भारतका लागि कप्तान विराट कोहलीको आजको […]

October 22, 2017

प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम भिड्दै

लण्डन (एजेनी) – प्रिमियर लिगका उपाधि दाबेदार मानिएका दुई टोली टोटनह्याम र लिभरपुल आज वेम्ब्लीमा भिड्दै छन् । खेल नेपाली समय अनुसार रातीको ८.४५ बजे सुरु हुने छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले लिगका पछिल्ला ३ खेलमा जित दर्ता गरेको छ भने आठौँमा रहेको लिभरपुलको पछिल्लो दुई खेल बराबरीमा टुङ्गिएको छ । तर लिभरपुल टोटनह्यामसँगको […]

October 22, 2017

ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै

बार्सिलोना (एजेन्सी) – ला लिगाको अग्रस्थानमा रहेको बार्सिलोनाले गए राति अन्तिममा रहेको मालागा विरुद्ध २-० को जित दर्ता गरेको छ । घरेलु टोलीको जितमा जेरार्ड डेउलेफेउ र आन्द्रेस इनिएस्टाले गोल गरेका थिए । बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । लुकास डिग्नेको पासको सदुपयोग गर्दै डेउलेफेउले गोलको खाता खोलेका थिए । तर […]

October 22, 2017

माल्दिभ्समा किरणको टोलीको महत्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती महत्वपूर्ण खेल जितेको छ । त्रिपक्षिय उपाधि दौडमा रहेको डिपिएलमा टिसी स्पोर्टस्ले अर्को दाबेदारमध्येको एक माजियालाई २–१ ले हराएको किरणले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । त्यो जितसँगै टिसी स्पोर्टस् डिपिएल अंक तालिकाको […]

October 21, 2017

बर्नलीमाथि जितसँगै म्यानचेस्टर सिटीको अग्रस्थानमा पकड बलियो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नलीसँग ३-० को जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । सिटिका लागि सर्जियो अगुएरो, निकोलस ओटामेन्डि र लेरोय सानेले गोल गरेका थिए । बर्नलीका गोलकिपर निक पोपले बर्नार्डो सिल्भालाई लडाउँदा सिटीले २९ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सर्जियो अगुएरोले […]

October 21, 2017

सिजनमा युनाइटेडको पहिलो हार, हडर्सफिल्ड विजयी

योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग २-१ ले पराजित भएको छ । हडर्सफिल्डको आश्चर्यजनक जितमा आरोन मोए र लरेन्ट डेपोएट्रेले गोल गरेका थिए । यस सिजन प्रिमियर लिगको सबैभन्दा सफल डिफेन्स रहेको म्यानचेस्टर युनाइटेडको रक्षापंक्ति केही फितलो देखिएको थियो । त्यसको फाइदा उठाउँदै घरेलु टोली हडर्सफिल्डले पहिलो हाफमै दुई गरेको थियो […]

October 21, 2017

वाटफोर्ड विरुद्ध चेल्सीको रोमाञ्चक जित

लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले  घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा वाटफोर्डसँग ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले यस खेलमा २-१ ले पछि परेको अवस्थालाई उल्ट्याँदै सो जित हात पारेको हो । पेड्रोले बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै खेलको बाह्रौँ मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर वाटफोर्डले पहिलो हाफको अन्तिम […]

Messi Suarez

October 21, 2017

ला लिगामा बार्सिलोनाले मालागाको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले अन्तिममा रहेको मालागाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर जोर्डि अल्बा घाइते रहेकाले ओलम्पियाकोस विरुद्ध ३-० को जितमा खेलेका लुकास डिग्ने सुरुवात गर्ने […]

October 21, 2017

अग्रस्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई निम्त्याउँदै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अंक तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बर्नलीसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ । प्रिमियर लिग विश्लेषक मार्क सदर्न्सले यस साता भनेका थिए, “मैले प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर सिटीजस्तो हरेक खेलमा यसरी हावी हुने टोली देखेकै […]

October 21, 2017

अपराजित युनाइटेड प्रिमियर लिगमा हडर्सफिल्डसँग भिड्दै

योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज हडर्सफिल्डको सामना गर्दै छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ । सिजनको आफ्नो पहिलो दुई खेलमा जित हात पारेको हडर्सफिल्ड त्यसपछि भने जितविहीन रहेको छ । अर्को तर्फ बलियो सुरुवातलाई निरन्तरता दिँदै म्यानचेस्टर युनाइटेड आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर […]

Success

Thank you for your time.