default_image

ताजा समाचारहरु

September 30, 2025

नेपालले ब्याटिङ गर्ने, ३ खेलाडी परिवर्तन

शारजहा (हाम्रो खेलकुद)- वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो। हिजो दोस्रो खेलमा टस जितेका कप्तान रोहित पौडेलले […]

September 30, 2025

रजत पदक विजेता सुनमाया स्वदेश आइपुगिन्

काठमाडौं (हाम्रो खेलकुद) –विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत जितेकी सुनमाया बुढा आज स्वदेश फर्किएकी छिन् । स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका  महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्व माउन्टेन रनिङ […]

September 30, 2025

अलराउन्डर आदिलको सानदार पुनरागमन

दुबई (हाम्रो खेलकुद)- युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले एक खेलअघि सिरिज जितेको । टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ। साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार […]

September 29, 2025

वेष्टइण्डिजलाई ८३ रनमा अल आउट गर्दै नेपालले जित्यो ऐतिहासिक उपाधि

दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ । तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो । जित्नलाई १ सय ७४ रनको […]

September 29, 2025

आसिफ र सन्दीपको कीर्तिमानी ब्याटिङमा वेष्ट इण्डिजलाई चुनौतीपूर्ण लक्ष्य

दुबई (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर सन्दीप जोराको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्ट इण्डिजलाई १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । शारजाहमा १ सय […]

September 29, 2025

नेपाल ब्याटिङ गर्दै, आदिल खेल्ने

शारजहा (हाम्रो खेलकुद)- वेस्ट इण्डिज विरुद्धको ऐतिहासिक युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आज नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। शारजाह क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे। पहिलो खेलमा पनि वेस्ट इण्डिजले टस जितेर पहिला फिल्डङ गरेको थियो। आज प्रशिक्षक स्टुवार्ट लले प्लेइङ […]

September 29, 2025

भारतले एसिसी अध्यक्षबाट एसिया कप ट्रफी लिन अस्वीकार गर्यो

एजेन्सी – पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले दुबईमा आइतवार राति एसिया कप क्रिकेटको उपाधि जित्यो। तर जितेपछि हुने ट्रफी वितरण समारोहमा भारतीय टोलीले ट्रफी लिन अस्वीकार गर्‍यो। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी ग्रहण गर्ने कार्यक्रम तय भए पनि भारतीय टोलीले त्यसलाई अस्वीकार गरेको हो। नक्वी पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष र पाकिस्तानका […]

September 29, 2025

बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोना ला लिगामा आइतवार विजयी भएको छ। रियल सोसिडाडविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थान उक्लिएको छ । टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरे। ३१औं मिनेटमा आल्भारो ओड्रिओजोलाले आन्देर बार्रेनटक्सियाको क्रसमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए। तर ४३औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेले मार्कस रासफोर्डको कर्नरमा हेड गोल […]

September 29, 2025

ग्याब्रिएलको गोलले आर्सनलको जित

एजेन्सी – आर्सनलले आइतवार प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २-१ ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। ३४औं मिनेटमा निक वोल्टेमाडेले न्युकासललाई अग्रता दिलाएपछि आर्सनल लगातार तेस्रो पटक टाइनसाइडमा हार्ने अवस्थामा पुगेको थियो। तर ८४औं मिनेटमा परिवर्तित मिकेल मेरिनोले डेक्लान राइसको क्रसमा हेड गर्दै बराबरी गोल गरे। इन्ज्युरी समयको छैंटौं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको कर्नरमा ग्याब्रिएलले […]

September 29, 2025

पाकिस्तानलाई हराउँदै भारत नवौं पटक एसिया कप च्याम्पियन

दुबई (हाम्रो खेलकुद) – भारतले एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जित्नलाई १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले ५३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको अविजित इनिङ खेले । मध्यगतिका बलर फहिम […]

Success

Thank you for your time.