June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालको सयौं टि२० अन्तर्राष्ट्रिय खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्नेछ । सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ […]
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर रवि खड्का सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । रविले ५-अन्डर ६७ को स्कोर जोड्दै साविक विजेता सुभाष तामाङलाई १ स्ट्रोकले पछि पारेका हुन् । गोकर्ण गल्फ क्लबमा सोमबार रविले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार […]
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक तनहुँ टि२० क्रिकेट प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । तनहुँको व्यासस्थित पाटन खेल मैदानमा आयोजना हुने प्रतियोगिता असार ३ गतेदेखि ९ गतेसम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक ललितपुरको क्यास्पियन भ्याली माध्यमिक विद्यालय रहेको छ । प्रतियोगितामा सहभागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको […]
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको संयुक्त विजेता घोषित भएका छन् । टियु क्रिकेट मैदानमा भएको फाइनल खेल वर्षाका कारण प्रभावित हुँदा खेल सम्पन्न हुन सकेन । वर्षा बाधक बन्दा पहिलो ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लब १७.४ ओभरमा १३३/१ को स्थितिमा रहँदा खेल रोकिएको थियो […]
June 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज सयौं खेल खेल्दैछ । सन् २०१४ को टि२० विश्वकपमा हङकङसँग खेल्दै सुरु भएको नेपालको टि२०आई यात्राले नेदरल्यान्ड्सविरुद्ध आज हुने खेलमा शतक पूरा गर्नेछ । नेपालले यसबीचमा नेदरल्यान्ड्ससँग नै सर्वाधिक १३ पटक खेलेको छ । टेस्ट राष्ट्रमा नेपालले बंगलादेशसँग विश्कपमा २ पटक प्रतिस्पर्धा […]
June 16, 2025
एजेन्सी – इटालीले पूर्व मिडफिल्डर जेन्नारो गट्टुसोलाई आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेको छ। एसी मिलानका पूर्वमहान खेलाडी गट्टुसोले लुसियानो स्पालेत्तिको स्थान लिने छन् । उनलेले गत हप्ता पत्रकार सम्मेलनमा आफूले पद छाडेको घोषणा गरेका थिए। ४७ वर्षीय गट्टुसोले इटालीका लागि ७३ खेल खेलेका छन् । उनी सन् २००६ मा विश्वकप जित्ने टोलीका सदस्य हुन् । […]
June 16, 2025
एजेन्सी – फिफा क्लब विश्वकप अन्तर्गत समूह बीको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिक म्याड्रिडलाई ४-० ले पराजित गरेको छ । पिएसजीले दुवै हाफमा २-२ गोल गर्दै सहज जित पक्का गरेको हो । खेलको १९ औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै फ्रान्सेली टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी […]
June 16, 2025
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०-० ले पराजित गरेको छ। क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो । भिन्सेन्ट कम्पनीको नेतृत्वमा रहेको बायर्नले पूर्ण रुपमा खेलमा नियन्त्रण बनायो। जमाल मुसियालाले ह्याट्रिक र थोमस मुलरले २ गोल गरे। क्लबबाट बिदाइको तयारी गरिरहेका मुलरका लागि […]
June 16, 2025
सुशील पन्त क्षेत्री,भरतपुर सूर्यपुर एफसीले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि जितेको छ । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई आइतवार ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित भएको छ । सूर्यपुरको […]
June 15, 2025
हिमाल खरेल, बिर्तामोड झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव […]