default_image

January 6, 2018

‘रोनाल्डोलाई हराउँदै नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न सक्नेछन्’ – रिभाल्डो

पेरिस (एजेन्सी) – ब्राजिलियन फुटबलका महान खेलाडी रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारलाई विश्वको उत्कृष्ट खेलाडी बन्न च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र उनको टोली रियल म्याड्रिडलाई हराउनु पर्ने बताएका छन् ।  बार्सिलोनामा ५ वर्ष बिताएका रिभाल्डोले नेयमारले आफुलाई विश्वको उत्कृष्ट खेलाडी प्रमाणित गर्न बार्सिलोना छाडेको धारणा राखेका छन् । ‘नेयमारले जति राम्रो खेलेपनि बार्सिलोनामा […]

January 5, 2018

महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोटलाई

अर्जुन कार्की बागलुङ –बागलुङमा पाँचौं बागलुङ महोत्सवको आकर्षणमध्ये रहेको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोटले जितेको छ ।आज भएको फाइनलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै दर्शनले उपाधि जितेको हो । एकपक्षिय खेलमा दर्शनले खेलकुद महासंघलाई २५–१२, २५–१३ र २५–१८ ले हराएको थियो । दर्शनबाट पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकारसहित राष्ट्रिय […]

January 5, 2018

आर्मीको दुवै टोली फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका दुवै टोली (महिला र पुरुष) पोखरामा जारी राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । महिलातर्फ अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्ने आर्मीले पुरुषतर्फको उपाधिका लागि पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको ९ औं राष्ट्रिय ह्याण्डबलको सेमिफाइनलमा एपिएफले पूर्वाञ्चललाई ३२–५ ले हराएको थियो । एपिएफका लागि उमा […]

De villers

January 5, 2018

दक्षिण अफ्रिका २ सय ८६ रनमा अल आउट

केप टाउन (एजेन्सी) – भारतविरुद्ध पहिलो टेस्टको पहिलो दिनमा टस जितेर पहिले ब्याटिंग रोजेको दक्षिण अफ्रिकाले २ सय ८६ रन बनाउँदै सबै विकेट गुमाएको छ । पहिलो इनिङ्सको तेस्रो बलमा ओपनर डीन एल्गरलाई गुमाएको घरेलु टोलीले १२ रनमा ३ विकेट गुमाएको थियो । डि भिलियर्स र फ्लाप डु प्लेसिसवीचको १ सय १४ रनको साझेदारीले खेलमा फर्किएको दक्षिण अफ्रिकाले दुवै […]

January 5, 2018

म्यानचेस्टर युनाइटेड एफए कपमा डर्बीको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – इङ्ग्लिस एफए कपमा आज म्यानचेस्टर युनाइटेडले डर्बीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु फिट हुँदै खेलमा सहभागी हुने छन् भने मरोएने फेलाइनी र माइकल क्यारिक पनि चोटबाट फर्किँदै छन् । आज युनाइटेडका […]

January 5, 2018

एपीएफ समूह विजेता , सावित्राको उत्कृष्ट गोल निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको एक मात्र […]

January 5, 2018

आयोजक सदूरपश्चिमको विजयी शुरुवात

विवेक सुवेदी धनगढी – आयोजक सुदूर पश्चिम–११ स्पोर्टस क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । तस्बिर – विवेक सुवेदी / हाम्रो खेलकुद धनगढी रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । निर्धारित […]

messi

January 5, 2018

मेस्सीले सित्तैमा बार्सिलोना छाड्न पाउने शर्त

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको सम्झौतामा सित्तैमा बार्सिलोनाबाट अन्य क्लब जानसक्ने शर्त राखेको खुलासा स्पेनिस पत्रिका एल मुन्डोले सार्वजनिक गरेको छ । स्पेनबाट स्वतंत्रता पाउँदै काटालोनिया छुटिएमा बार्सिलोना ला लिगाबाट बाहिरिनु पर्ने सम्भावना हुनेछ । यस्तो भएमा परेमा मेस्सी फ्री एजेन्टका रुपमा अन्य क्लब जानपाउने शर्त उनको सम्झौतामा रहेको एल मुन्डोले जनाएको हो । बार्सिलोना ला […]

January 5, 2018

भलिबललाई नेपाल स्याटेलाइटको दुई वर्षे प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितालाई नेपाल स्याटेलाइट टेलिकम प्रालिले मुख्य प्रायोजन गरेको छ । नेपाल भलिबल संघ र स्याटेलाइटबीच फागुनमा हुने भलिबल प्रतियोगितालाई वार्षिक २० लाखको दरले दुई वर्षको लागि ४० लाख दिने सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल […]

January 5, 2018

रियलको सहज जित, बार्सिलोना सेल्टा भिगोसँग रोकियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियालाई ३-० को अन्तरले हराएको छ । अर्को तर्फ बार्सिलोना भने सेल्टा भिगोसँग पहिलो लेगमा १-१ को बराबरीमा रोकियो । रियल म्याड्रिडले ३५ औं मिनेटमा ग्यारेथ बेलको पेनाल्टीमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको अन्तिम समयतिर रियलले थप दुई गोल गर्न सफल भयो । ८९ […]

Success

Thank you for your time.