default_image

golf bahra

November 18, 2017

शेर्पाले जिते बाह्रखरी गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नोर्बु शेर्पाले ‘पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ को उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज भएको प्रतियोगितामा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन् । उपाधि ट्रफी संगै शेर्पाले २४ क्यारेटको सुनको गोल्डेन बल प्राप्त गरेका छन् । उपाधि जित्ने क्रममा १८ होलको खेलमा चार बर्डिज र […]

November 18, 2017

म्याड्रिड डर्बी: रियल र एट्लेटिकोको महत्त्वपूर्ण खेल आज

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आज ‘म्याड्रिड डर्बी’मा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दै छन् । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका लागि गोलकिपर केलर नाभास अझै चोटिल नै रहेकाले किको क्यासिल्लाले उनको स्थान लिने सम्भावना रहेको छ । त्यस्तै ड्यानि […]

November 18, 2017

आर्मी सताक्षी गोल्ड कप सेमिफाइनलमा

सबिन शेर्मा झापा – त्रिभुवन आर्मी क्लब झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफलाई ३-२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । खेलको २५ औं मिनेटमा आर्मीका विमल पाण्डेले अन्जन विष्टलाई डि-बक्समा लडाउँदा एपीएफले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई अन्जन आफैंले लिँदै गोलमा परिणत गरेका थिए । ३२ […]

November 18, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनल सिएमजी क्लब संकटा १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो । ७० औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो । नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, […]

November 18, 2017

युवा क्रिकेट टोली स्वदेश आइपुग्यो [फोटो सहित]

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा भाग लिएर नेपाली युवा टोली आज स्वदेश आइपुगेको छ । सेमिफाइनल हिजो अफगानिस्तानसँग पराजित भएसँगै नेपाली टोली स्वदेश फर्केको हो । युवा टोलीलाई राष्ट्रिय टोलीका शरद भेषावकर, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अधिकृत छुम्बी लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्रिभुवन […]

November 18, 2017

सताक्षी गोल्ड कप – आर्मी र एपिएफबीच वर्षको पहिलो भिडन्त

सबिन शेर्मा झापा – दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वर्षमा पहिलो पटक आज झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भिड्दैछन् । सिताक्षीमा पहिलो खेल जित्दै एपिएफ अन्तिम आठमा पुगेको थियो भने आर्मी वाइ पाएर पहिलो खेलमा उत्रदैछ । एपिएफले भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई ४–० को […]

November 18, 2017

पोखराको आहा ! रारा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)– पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण माघमा आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिता सञ्चालनका लागि अखिल […]

November 18, 2017

चन्द्रागिरी गोल्ड कप सेमिफाइनल – संकटाको सामना गर्दै फ्रेण्ड्स

काठमाडौैं (हाम्रो खेलकुद) – चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा हुने पहिलो सेमिफाइनलमा ए डिभिजन दुई टोली फ्रेन्ड्स क्लब र सिएमजी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । फ्रेण्डस आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । अर्को […]

Lionel Messi, Luis Suarez

November 18, 2017

ला लिगामा बार्सिलोना लेगानेससँग भिड्दै

लेगानेस (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आज नवौं स्थानको लेगानेससँग भिड्दै छ । लेगानेसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ । बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टाले चोटपछि टोलीमा आगमन गर्दै छन् भने उस्माने डेम्बेले, जाभियर मासेरानो र आन्द्रे गोमेज भने घाइते छन् । सेभिल्ला विरुद्ध […]

November 18, 2017

सिटी लेस्टरसँग भिड्दै, युनाइटेड न्युकासलको सामना गर्दै

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लेस्टर सिटीको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल रातिको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि मुख्य डिफेन्डर निकोलास ओटामेन्डि यस खेलमा प्रतिबन्धित छन् भने भिन्सेन्ट कम्पनि र बेन्जामिन मेन्डि घाइते छन् । फरवार्ड सर्जियो अगुएरो र रहिम स्टेर्लिङ […]

Success

Thank you for your time.